दैलेख – राउटे समुदायका मुखिया वीरबहादुर शाही फिरन्ते जीवन नबिताउनेलाई राउटे भन्न नमिल्ने टिप्पणी गर्नुभएकाे छ । उहाँ भन्नुहुन्छ, ‘फिरन्ते जीवन बिताउने हामी पो राउटे हुँ, आमपानीका त अब दुनियाँ भइसके ।’
राउटे जातिको एउटा समूह डडेल्धुराको पर्शुराम नगरपालिका–११ आमपानीमा स्थायीरूपमा बस्दै आएको छ । आमपानीमा बस्दै आएको यो राउटे समुदायका बालबालिका विद्यालय जाने अनि वयस्कहरूले मजदुरी गर्ने गर्छन् । सामान्य जनजीवनमा फर्किएकाले उनीहरूलाई राउटे मान्न नसकिने वीरबहादुर शाहीको टिप्पणी छ ।
र...