मोरङको सुनवर्षीमा १७ सय चल्ला नष्ट - Purbeli News

विराटनगर / प्रहरीले अवैध रुपमा भारतबाट ल्याएका ब्रोइलर कुखुराका चल्ला मोरङको सुनवर्षीबाट बरामद गरेर नष्ट गरेको छ । सुनवर्षी नगरपालिका–८ बाट प्रहरीले एक हजार सात सय (१७ सय)वटा चल्ला सोमबार दिउँसो बरामद गरेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार छवटा काटुनभित्र मकैबारीमा लुकाएर राखेको अवस्थामा ब्रोइलरका चल्ला बरामद गरिएको थियो । बेवारिसे...

सम्बन्धित सामग्री

३८ सय भारतीय कुखुराको चल्ला नष्ट

वीरगञ्ज-  प्रहरीले प्रतिबन्धित भारतीय बोइलर कुखुराको चल्ला पर्साबाट बरामद गरेको छ । प्रहरीले मंगलबार राति दुई बजेको समयमा वीरगञ्ज महानगरपालिका २१ डकैला बहुअरीबाट प्रतिबन्धित भारतीय बोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको थियो । भारतबाट बीआर ०५ डी ९७२५,बीआर ०५ क्यु ३२६५ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा प्रहरीले ३ हजार ८ सय भारतीय कुखुराको चल्ला बरामद गरेको […]

१६० अर्बको पोल्ट्री उद्योग धराशयी हुने जोखिम

काठमाडौं । सरकारले आत्मनिर्भर घोषणा गरेको पोल्ट्री उद्योग धराशयी हुने अवस्थाको डिलमा पुगेको छ । कोरोना महामारीको समयमा घाटामा गएको र त्यसपछि विश्व अर्थतन्त्रमा देखिएको सुस्तीका कारण माथि उठ्न नसक्दा १ सय ६० अर्ब लगानी रहेको व्यवसाय धराशयी हुने खतरामा पुगेको पोल्ट्री व्यवसायीले बताएका छन् । सरकारले २०७७ चैतमा पोल्ट्री उद्योगलाई आत्मनिर्भर घोषणा गरेको थियो । विश्व अर्थतन्त्रमा देखिएको उतारचढावका कारण कुखुरालाई खुवाउने दाना उत्पादन गर्ने कच्चा पदार्थ र औषधिको मूल्य अत्यधिक बढेर किसानले लागत मूल्य पनि नपाउने खतरा बढेपछि दाना र ह्याचरी उद्योग बन्द हुने क्रम बढेको बताइएको छ । नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी व्यवसायीले उत्पादन लागतअनुसार चल्लाको मूल्य नपाएपछि धमाधम उद्योग बन्द हुन थालेका छन् । तीन सय ६८ उद्योगमध्ये १ सय ५० बन्द भइसकेका छन् । सञ्चालनमा रहेका उद्योग पनि ६० प्रतिशत क्षमतामा मात्रै चलिरहेका छन् । त्यसैगरी १ सय १४ ओटा दाना उद्योगमध्ये ५० प्रतिशत बन्द भइसकेको व्यवसायीको दाबी छ । सामान्य अवस्थामा नेपालमा रहेका ह्याचरी उद्योगले हप्तामा ४५ लाख चल्ला उत्पादन गर्थे । अहिले चल्ला उत्पादन क्षमता २० लाखले घटेर २५ लाखमा सीमित भएको छ । ‘दाना र औषधिलगायत कच्चा पदार्थको मूल्य आकाशिएपछि किसानले चल्ला माग गर्नै छाडे,’ अध्यक्ष पौडेलले भने, ‘त्यसपछि चल्लाको लागत मूल्य पनि उठ्न छाड्यो । ५५ रुपैयाँ लागत पर्ने चल्ला ४० रुपैयाँमा विक्री गर्नुपर्ने बाध्यतामा छौं । विक्री नभएपछि लाखौं चल्ला नष्ट गर्नुपर्ने स्थिति पनि आयो ।’ यस्तो अवस्थामा पनि बिचौलियाले महीना दिन अघिसम्म भारतबाट तयारी मासु भित्र्याउँदा यस्तो अवस्था आयो,’ उनले आर्थिक अभियानसँग भने । दुई वर्षअघि दानामा प्रयोग हुने मकैको मूल्य २० रुपैयाँ किलो थियो । अहिले ४२ रुपैयाँ पुगेको छ । यसबीचमा भटमासको मूल्य ७५ रुपैयाँ किलोबाट बढेर १ सय २५ रुपैयाँ पुगेको छ । औषधिको मूल्य त्यसैगरी उकालो लागेको छ, जसले गर्दा कुखुरापालक किसान पनि पलायन हुन थालेको पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले बताए । आफैले आत्मनिर्भर घोषणा गरेको व्यवसायलाई पुन: स्थापना गर्न सरकारले खासै चासो नदिएको उनको गुनासो छ । उत्पादन लागत पनि उठाउन मुश्किल परेको अवस्थामा बैंकको ब्याज र किस्ता तिर्न सक्ने अवस्था नभएको उनी बताउँछन् । ‘त्यसैले ब्याजको पूँजीकरण गरेर साँवाब्याज तिर्ने अवधि लम्ब्याउनुपर्छ,’ महासचिव मिश्रले भने । संकटको अवस्थामा व्यवसाय सञ्चालन गर्न बाध्य बर्डफ्लुपीडित २ सय ९९ कुखुरापालक किसानले वर्ष दिनअघि नै साढे ५८ करोड रुपैयाँ क्षतिपूर्ति पाउनुपर्नेमा हालसम्म पाएका छैनन् । आफ्नो पीडामा मल्हम लगाउन सरकारले समेत चासो नदिएको किसानको दुखेसो छ । पोल्ट्री व्यवसायमा भइरहेको उतारचढावको असर उपभोक्तासम्म नै परेको छ । कच्चा पदार्थको चर्को मूल्यका कारण किसानले कुखुरा पाल्न छाडेपछि बजारमा कखुरा अभाव हुन गई महीना दिन अघिसम्म ३ सय ३० रुपैयाँ किलो पर्ने ब्रोइलर कखुराको मासुको मूल्य अहिले बढेर ३ सय ६० रुपैयाँ पुगेको मासु व्यवसायी संघले बताएको छ । अण्डाको फार्म मूल्य बढ्यो उपभोक्ता मूल्य घट्यो अण्डाको फार्म मूल्य बढेको छ भने उपभोक्ता मूल्य घटेको छ । बजारमा बिचौलिया हाबी भएपछि आफ्नो लागतअनुसारको मूल्य नपाएका अण्डा उत्पादक किसानको पहलमा नेपाल अण्डा उत्पादक संघले बुधवारदेखि अण्डाको किसान मूल्य बढाएको हो । बढेको मूल्यअनुसार किसानले प्रतिगोटा अण्डाको १० रुपैयाँ १६ पैसा पाउनेछन् । यसअघि किसानले पाउने प्रतिगोटा मूल्य ८ रुपैयाँ २५ पैसा थियो । किसानले पाउने मूल्य बढे पनि उपभोक्ता मूल्य भने घटाइएको नेपाल अण्डा उत्पादक संघका महासचिव प्रवीण केसीले जानकारी दिए । उनका अनुसार यसअघि प्रतिगोटा अण्डाको उपभोक्ता मूल्य १५ रुपैयाँ पर्ने गरेकोमा अब १३ रुपैयाँ पर्नेछ । किसानसँग भएको अण्डा विक्री हुनै छाडेपछि यस्तो गर्नुपरेको केसीले बताए । बिचौलियाले अवैध रूपमा भारतबाट अण्डा भित्र्याउँदा नेपाली किसान मर्कामा परे पनि सरकारले त्यसलाई नियन्त्रण गर्न चासो नदिएको उनले गुनासो गरे ।

कपिलवस्तुमा १५ सय अवैध कुखुराका चल्ला नष्ट

कपिलवस्तु । कपिलवस्तुमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउदै गरेका १५ सय कुखुराका चल्ला नष्ट गरिएको छ । सोमबार १५ सय कुखुराका चल्ला चल्लालाई ईलाका प्रहरी कार्यालय कृष्णनगरले नियन्त्रणमा लिएर नष्ट गरेको हो । कृष्णनगर-१२ बेदर्मीको बाटो हुँदै नेपाल छिर्दै गरेको सूचनाकाे आधारमा सोमबार बिहान साढे ७ बजे चल्ला चल्लालाई प्रहरीले नियन्त्रणमा लिएर सुरहि खोलामा नष्ट […]

अवैध १ हजार ८ सय ब्रोइलर कुखुराको चल्ला नष्ट

चन्द्रौटा । इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध एक हजार ८०० ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिका–१ मडहास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा गएराति भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा कुखुराको चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ । कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त अवैध कुखुराको […]

काठमाडौंको आर्थिक विधेयक सर्वसम्मत पारित

काठमाडौं।काठमाडौंको आर्थिक विधेयक सर्वसम्मत पारित भएको छ।रवि लामिछानेको चुनाव चिह्न गोलाकारभित्रको घण्टी रहने छ।बारामा चट्याङ लागेर १ को मृत्यु हुँदा २ जना घाइते भएका छन्।नेपालमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि हुँदा मृत्यु भने शून्य रहेको छ र ईलाका प्रहरी कार्यालय कृष्णनगरले भारतबाट ल्याइएका १८ सय अवैध चल्ला नष्ट गरेको छ।

कपिलवस्तुमा भारतबाट ल्याइएका १८ सय अवैध चल्ला नष्ट

कपिलवस्तु । भारतबाट ल्याइएका अवैध मानिने १८ सय कुखुराका चल्लाकाे ईलाका प्रहरी कार्यालय कृष्णनगरले नष्ट गरेको छ । भारतीय कुखुराको चल्ला नेपालमा प्रतिबन्ध रहेपनि दैनिक हजारौंको संख्यामा नेपाल प्रवेश गराइएकाे छ । त्यस्तै अवैध मानिने चल्ला बिहिबार राति कृष्णनगर नगरपालिका-१ मडहामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । पक्राउ परेका चल्ला १ लाख […]

कपिलवस्तुमा १५ सय अवैध चल्ला नष्ट

विशेष सुराकीका आधारमा बोर्डर आउट पोस्ट (वीओपी) कृष्णानगर र वीओपी विजयनगरको १४ जनाको टोलीले ब्रोइलर कुखुराका १५ सय चल्ला नष्ट गरेको हो ।

मासुको मुल्य बढाउने व्यवसायीलाई कारबाही गरिने

अण्डा नष्ट गराएर मासुमा अस्वभाविक मुल्य वृद्धि गराउने व्यवसायीलाई कारबाही गरिने भएको छ । ह्याचरी उद्योगले केही समय अण्डा नष्ट गराउँदा बजारमा अहिले कुखुराको मासु अस्वभाविक रुपमा बढेको हो । दुई सय ८० रुपैयाँ रहेको कुखुराको मासु अहिले डेढ महिनाको अवधिमा चार सय ५० रुपैयाँ पुगेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले कार्टेलिङ्ग गरेर कुखुराको मासुको मुल्य बढाउने व्यवसायीलाई कारबाही गरिने बताए । चल्ला नष्ट अभियानले बजारमा मासुको मुल्य बढाउनुपरेको कारणबारे अध्ययन गरेकाले प्रमाणित भए कारबाही गरिने बताए ।

https://www.onlinekhabar.com/2020/02/835782

२८ माघ काठमाडौं । कुखुराको मासुको मूल्य बढाउन व्यवसायीले गत मंसिर महिनामा ६० लाख निशेचित अण्डा र लाखौं चल्ला नष्ट गरे । त्यसपछि अभाव देखाएर कुखुराको मासुको मूल्य किलोमै २ सय रुपैयाँसम्म मूल्य बढाउँदै २४० प्रतिकिलो …