अवैध १ हजार ८ सय ब्रोइलर कुखुराको चल्ला नष्ट

चन्द्रौटा । इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध एक हजार ८०० ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिका–१ मडहास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा गएराति भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा कुखुराको चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ । कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त अवैध कुखुराको […]