मासुको मुल्य बढाउने व्यवसायीलाई कारबाही गरिने

अण्डा नष्ट गराएर मासुमा अस्वभाविक मुल्य वृद्धि गराउने व्यवसायीलाई कारबाही गरिने भएको छ । ह्याचरी उद्योगले केही समय अण्डा नष्ट गराउँदा बजारमा अहिले कुखुराको मासु अस्वभाविक रुपमा बढेको हो । दुई सय ८० रुपैयाँ रहेको कुखुराको मासु अहिले डेढ महिनाको अवधिमा चार सय ५० रुपैयाँ पुगेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले कार्टेलिङ्ग गरेर कुखुराको मासुको मुल्य बढाउने व्यवसायीलाई कारबाही गरिने बताए । चल्ला नष्ट अभियानले बजारमा मासुको मुल्य बढाउनुपरेको कारणबारे अध्ययन गरेकाले प्रमाणित भए कारबाही गरिने बताए ।

सम्बन्धित सामग्री

कुखुराको मासुको मुल्य घट्यो, धार्मिक आस्थाका कारण साउनमा खपत पनि कम

चितवन  । चितवनको बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य निरन्तर घटिरहेको छ । झण्डै दुईसाता अघिसम्म बढेको मासुको मुल्य पछिल्लो सातादेखि निरन्तर घटिरहेको छ । बिशेषगरी धार्मिक आस्थाका कारण साउन महिनामा खपत कम हुने र उत्पादनमा पनि केही बृद्धि हुँदै गएकोले मासुको मुल्य घट्दै गएको व्यवसायीको भनाई छ ।  मासु व्यवसायी संघ चितवनका अध्यक्ष गणेशप्रसाद कँडेलले मुख्यतः दुई कारणले ब्रोइलर कुखुराको मासुको मूल्य घटेको बताए ।  ‘एउटा कारण त चितवनमा कुखुराको उत्पादन बिस्तारै बढ्न थालेको छ, उनले भने अर्को कारण साउने पर्वका कारण अघिपछिको तुलनामा यो बेला मासुको खपत नै कम हुन्छ ।  हाल चितवनका मुख्य बजारमा प्रतिकिलो ३८० रूपैयाँमा फ्रेस (तयारी) मासु बिक्री भईरहेको छ  । दुई साताअघिसम्म प्रतिकिलो फ्रेस मासु ४८० रूपैयाँ थियो ।  कोरोना कहरपछि चर्को व्याजमा ऋण लिएर किसानहरुले कुखुरा हालेका थिएनन्, पछिल्लो समय बिस्तारै किसानले चल्ला हाल्न थालेका छन् । जसले गर्दा चितवनमा ब्रोइलर कुखुराको उत्पादन पनि बढ्न थालेको छ । दशैंतिर चितवनमा ब्रोइलर कुखुराको उत्पादन धेरै नै बढ्ने प्रक्षेपण समेत गरिएको छ । ‘साउनको महिना भएर अहिले ब्रोइलर कुखुराको मासुको खपत कम छ, अघिपछिको तुलनामा साउन महिनामा २५ प्रतिशत मासुको खपत कम हुन्छ’, अध्यक्ष कँडेलले भने, ‘भदौ लागेपछि धेरथोर मासुको मूल्य बढ्न सक्छ ।’ माग बढ्दा उत्पादन कम भएको र उत्पादन बढ्दा खपत कम भएका कारण मासुको मूल्यमा उतारचढाव आउने व्यवसायीहरु बताउंँछन ।  जिउँदो कुखुराको मूल्य घटेपछि मासुको मूल्य स्वतः घटेको हो  । मासु व्यवसायी संघका अनुसार किसानहरुले यतिबेला सप्लायर्सहरुलाई जिउँदो ब्रोइलर कुखुरा प्रतिकिलो २१० रूपैयाँमा बेचिरहेका छन् । सप्लायर्सहरुले मासु व्यवसायीहरुलाई प्रतिकिलो २३० रूपैयाँदेखि २४० रूपैयाँसम्म बेचेका छन् । मासु व्यवसायीहरुले तयारी मासु बनाएर प्रतिकिलो ३८० खुद्रामा र होलसेल प्रतिकिलो ३६० रूपैयाँमा बेचेका छन् । बैंकको व्याजदर अझै घट्न नसक्नु र साना किसानहरुले जोखिम मोल्न नसक्नु लगायतका कारणले चल्ला हाल्ने काम निकै कम छ, जसका कारण कुखुराको उत्पादन नै घटिरहेको छ । व्यवसायीहरु बिस्तारै उत्पादन पनि बढ्न थालेपछि कुखुराको मासुको मूल्य थप घट्दै जानसक्ने बताउंँछन ।  चितवनमा साउन महिनामा  दैनिक कुखुराको मासुमात्रै १० टन खपत भएको प्रक्षेपण गरिएको छ । अघिपछिको महिनामा चितवनको बजारमा दैनिक १५ टनसम्म कुखुराको मासु खपत हुँदै आएको मासु व्यवसायी संघ चितवनले जनाएको छ ।

३० प्रतिशतसम्म कुखुराको मासुको मुल्य वृद्धि

धनकुटा – लम्बिदो निषेधाज्ञाका कारण चल्ला, दाना र औषधी आयातलगायत वस्तु सहज नभए पछि निषेधाज्ञाको समयमा धनकुटामा रहेका साना ठूला कुखुरा फर्मले कुखुरा उत्पादन घटाएसँगै त्यसको प्रभाव अहिले बजारमा देखिन थालेको छ जसका कारण एक हप्ता अघि सम्म प्रतिकिलो ३ सय २० रुपैयाँमा पाइने बोइलर कुखुराको मासुको मूल्य अहिले ३ सय ८० देखि ४ सय […]

धरानमा कुखुराको मासुको खुद्रामुल्य ३२० कायम

स्थानीय सरकार, कुखुरा पालक कृषक र मासु व्यवसायीहरू मिलेर धरानमा जिउदो बोइलर कुखुरा र मासुको मुल्य निर्धारण गरेका छन् ।लकडाउनको बेला मासुको मुल्यमा अत्यधिक उचारचढाव भएको र महंगी बढेको गुनासो आउन थालेपछि साेमबार सरोकारवालाहरूबीच बैठक बसेर मासुको मुल्य निर्धारण गरेका हुन् ।