सान्जेन जलविद्युत कम्पनीको आइपीओ भर्ने समय पुनः थप

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई खुला गरेको आइपीओमा आवेदन दिने समय पुनः थप गरेको छ । स्थानीयले अब ३० असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसअघि पनि कम्पनीले समय थप गरेर ४ असोजसम्म आइपिओ भर्न सकिने व्यवस्था गरेको थियो । तर, सो समयमा सबै कित्ता सेयर बिक्री नभए पनि […]

सम्बन्धित सामग्री

नोक्सानी सुधार्दै सान्जेन जलविद्युत यस वर्ष साढे ३ करोडभन्दा बढी नाफामा

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेड नाफामा गएको छ । गत वर्षको यस अवधिसम्म १ करोड ३६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै ३ करोड ५७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो ।  यस वर्ष कम्पनीले निर्माण सम्पन्न गरेको १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविद्युत आयोजनाबाट गत असोज २१ देखि व्यापारिक उत्पादन गर्न शुरु गरेसँगै नाफामा गएको हो । कम्पनीले निर्माण गरिरहेको ४२ दशमलव ५ मेगावाट क्षमताको सान्जेन जलविद्युुत आयोजनाबाट पनि आगामी चैत मसान्तसम्म व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।  दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत् विक्रीबाट ७ करोड १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने २० करोड ५३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा ८ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने २४ करोड रुपैयाँ छ । दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी १ रुपैयाँ ९६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ३७ पैसा छ ।

सान्जेन जलविद्युतले आव्हान गर्‍यो साधारण सभा ,यस वर्ष पनि छैन लाभांश

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले पुस २९ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिक सूचनामा कम्पनीले साधारण सभा गर्ने स्थान र समय भने सार्वजनिक गरेको छैन् । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले दिएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

आईपिओमा अशन्तुष्टी जनाउदै सान्जेन जलविद्युत कम्पनीमा तोडफोड

आईपिओमा अशंतुष्टि जनाउदै सान्जेन जलविद्युत कम्पनी आयोजनाका आयोजना प्रभावितले सान्जेन जलविद्युतको कार्यलयमा तोडफोड गरेका छन् । आज आइतबार  स्थानीयहरुले साइट अफिस, सवारी साधन लगायतमा तोडफोड गरेका हुन् । गत्लाङका स्थानीयले तोडफोड तथा आगजनी गरेको कम्पनीले जनाएको छ ।  उनीहरुले आईपिओ निष्काशन गर्दा गत्लाङका स्थानीयलाई अतिप्रभावितको सुचीमा राख्न माग गर्दै कार्यालय तोडफोड गरेका हुन् । हाल उनीहरुलाई सामान्य प्रभावितमा राखिएको छ । कम्पनीले स्थानीयलाई भदौ ५ गतेदेखि आईपिओ निष्काशन गर्ने तयारी गरेको छ ।  कम्पनीले आयोजना प्रभावितलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो  । रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं. ५ चिलिमे (साविक चिलिमे गा.वि.स.), प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं. ४ गोल्जुङ (साविक गोल्जुङ गा.वि.स.) , सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु:-१.२.३ (साविक गत्लाङ गा.वि.स. र हाक गा.वि.स.) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुले यस आईपिओमा आवेदन दिन सक्ने छन् ।  शेयर बाँडफांड गर्दा अति प्रभावित, प्रभावित, सामान्य प्रभावित र अन्य जिल्लावासीलाई क्रमशः ४.३५ : ३ : १.५ : १ को अनुपातमा शेयर बाँडफाँड गरिने कम्पनीले जनाएको छ।आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ७ सय कित्तासम्मको लागि दिन अकिने छ । आईपिओमा छिटोमा भदौ १९ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्रि प्रबन्धक रहेको छ भने सनराइज र एनएमबी क्यापिटल सह बिक्रि प्रबन्धक रहेका छन् ।कम्पनीले यस अघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । तर आयोजना प्रभावित स्थानीयलाई भने शेयर निष्काशन गरिएको थियो ।  सान्जेनले  ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको  छ ।

५७ अंकले बढ्यो नेप्से सूचक, तामाकोशी सहित ७ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ५७.६१ अंकले बढेर २०८६.३८ को बिन्दुमा पुगेर रोकिएको छ ।आज कारोबारमा आएका २३१ कम्पनीका ६२ लाख २७ हजार ६ सय ९२ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९ सय ९८ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सबैभन्दा धेरै २२ करोड २८ लाखको कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको ८ करोड ८१ लाख, शिवम् सिमेन्टको ६ करोड ९७ लाख, तथा एनआईसी एसिया बैंकको ६ करोड ८९ लाख बराबरको कारोबार भएको छ। आज साल्ट ट्रेडिङ कम्पनी, हिमालयन पावर पार्टनर, अपर तामाकोशी , सान्जेन जलविद्युत कम्पनी नेष्डो समृद्ध लघुवित्त लगायत ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज ङादी ग्रुप पावरको शेयर मूल्य सर्वाधिक ३.२३ प्रतिशतले घटेको छ।आज कारोबारमा आएका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये ट्रेडिङ समुहको उपसूचक सर्वाधिक ९.३० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समुह ५.६३ प्रतिशतले बह्देको छ ।

सान्जेन र रसुवागढीको सेयरमा भ्रम र वास्तविकता

४ फागुन, काठमाडौं । सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले ११ देखि ३० फागुनसम्म कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि सेयर जारी गर्दैछन् । २२ मंसिर २०६८ देखि २० पुस २०७४ सम्म कायम सञ्चयकर्ताले सान्जेनको सेयर पाउन सक्नेछन् । २३ मंसिर २०६८ देखि २० पुस २०७४ सम्म खाता बन्द गरेकाले पनि …

रसुवागढी–सान्जेनको अढाइ अर्बको सेयर आउँदै

रसुवागढी र सान्जेन जलविद्युत कम्पनी लिमिटेडले कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड र रसुवा जिल्लाका तत्कालीन जिविस र गाविसहरु¬) का कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का कर्मचारीका लागि छुट्ट्याइएको सेयर निष्कासन गर्न लागेको हो ।