नोक्सानी सुधार्दै सान्जेन जलविद्युत यस वर्ष साढे ३ करोडभन्दा बढी नाफामा

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेड नाफामा गएको छ । गत वर्षको यस अवधिसम्म १ करोड ३६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै ३ करोड ५७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो ।  यस वर्ष कम्पनीले निर्माण सम्पन्न गरेको १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविद्युत आयोजनाबाट गत असोज २१ देखि व्यापारिक उत्पादन गर्न शुरु गरेसँगै नाफामा गएको हो । कम्पनीले निर्माण गरिरहेको ४२ दशमलव ५ मेगावाट क्षमताको सान्जेन जलविद्युुत आयोजनाबाट पनि आगामी चैत मसान्तसम्म व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।  दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत् विक्रीबाट ७ करोड १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने २० करोड ५३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा ८ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने २४ करोड रुपैयाँ छ । दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी १ रुपैयाँ ९६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ३७ पैसा छ ।  

सम्बन्धित सामग्री

सान्जेन जलविद्युतले आव्हान गर्‍यो साधारण सभा ,यस वर्ष पनि छैन लाभांश

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले पुस २९ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिक सूचनामा कम्पनीले साधारण सभा गर्ने स्थान र समय भने सार्वजनिक गरेको छैन् । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीले दिएको छ । बुक क्लोजको आधारमा पुस १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

सान्जेन जलविद्युत आयोजना पुस मसान्तसम्म सञ्चालनमा आउने

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले निर्माण गरिरहेको ४२ दशमलव ५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना आगामी पुस मसान्तसम्म सञ्चालनमा आउने भएको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै निर्माणको अन्तिम चरणमा रहेको उक्त आयोजना आगामी पुस मसान्तसम्म सम्पन्न भई सञ्चालनमा आउने जानकारी दिएको हो ।  सान्जेन जलविद्युत कम्पनीले नै निर्माण गरेको १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सान्जेन जलविद्युत आयोजनाबाट भने असोज २१ गतेदेखि विद्युत उत्पादन भइरहेको छ । हाल आम्दानी नभइसकेको अवस्थामा कम्पनी १ करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नोक्सानी बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनी १ करोड ४२ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा थियो । ३ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष रकम भने पहिलो त्रैमाससम्म २५ करोड ५३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । दीर्घकालीन कर्जा ८ अर्ब १३ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने २४ करोड रुपैयाँभन्दा बढी छ ।  सान्जेन  जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याजबाहेक शुरु लागत अनुमान ५ अर्ब २ करोड ४२ लाख र माथिल्लो सान्जेन जलविद्युतको २ अर्ब २१ करोड ८० लाख गरी कुल ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ अनुमान गरिएको छ ।  कुल सम्पत्ति १२ अर्ब ९ करोड १६ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनी १ रुपैयाँ ७७ पैसा प्रतिशेयर नोक्सानीमा छ । प्रतिशेयर नेटवर्थ भने कम्पनीको ९३ रुपैयाँ छ ।