काठमाडौं : प्रतिनिधिसभाको सभामुखमा दुईजनाको उम्मेदवारी परेको छ। सत्ता साझेदार दलका तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् भने कांग्रेसले ईश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवार बनाएको हो।घिमिरेको प्रस्तावकमा एमालेका सुवास नेम्वाङ छन् भने समर्थकहरूमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछाने र राप्रपाका संसदीय दलका नेता राजेन्द्र लिङ्देन रहेका छन्।न्यौपानेको प्रस्तावकमा