केन्याबिरुद्धको तीन एकदिवसीय क्रिकेटमा नेपालको क्लिन स्वीप

नेपालले केन्या बिरुद्धको तीन एकदिवसीय सिरिजमा क्लिन स्वीप गरेको छ । सोमबार नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सिरिजको तेस्रो खेलमा नेपालले केन्यालाई ६ विकेटले हराउँदै तीनवटै सिरिज जितेको हो । यसअघि नेपाल पहिलो खेलमा सात विकेट र दोस्रो खेल १७ रनले विजयी भएको थियो । केन्याले दिएको दुई सय ५६ रनको चुनौतीपूर्ण लक्ष्य नेपालले ४७.१ ओभरमा …

सम्बन्धित सामग्री

अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानको 'क्लिन स्वीप'

काठमाण्डाै - अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा पाकिस्तानले क्लिनस्वीप गरेको छ । गएराति भएको तेस्रो खेलमा अफगाानिस्तानलाई ५९ रनले हराउँदै पाकिस्तानले शृङ्खला ३–० ले जितेको हो । पाकिस्तान आईसीसीको एकदिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ । अष्ट्रेलिया दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा छन् । जितका लागि २ सय ६९ रनको लक्ष्य पाएको अफगानिस्तान ४८ ओभर ४ बलमा २ सय ९ रनमा अलआउट भयो । उसका मुजिब उर रहमानले सर्वाधिक ६४ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका शादब खान...

न्यूजिल्याण्डविरुद्धको एकदिवसीयमा भारतको क्लिनस्वीप

काठमाडौं : भारतले न्युजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्वीप गरेको छ।  यस अघिनै च्याम्पियन बनिसकेको भारतले अन्तिम खेलमा ९० रनको जित हात पारेको हो। इन्दोरमा पाहुना टोलीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। भारतले सानदार ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाएर ३ सय ८५ रनको योगफल बनाएको थियो। कप्तान रोहित शर्मा  र  शुभम गिलको शतकको मद्दतमा भारतले अन्तिम खेलमा पनि जित निकालेको हो। पहिलो विकेटका लागि यी दुईले दुई सय १२ रनको  साझेदारी गरे । रोहितले एक ...

केन्यासँगको एकदिवसीय क्रिकेट सिरिज नेपालद्वारा क्लिन स्वीप

२० भदौ, काठमाडौं । नेपालले केन्यासँगको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्वीप गरेको छ । तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा घरेलु टोलीलाई ६ विकेटले हराउँदै नेपालले सिरिज क्लिन स्वीप गरेको हो । नेपालले जितका लागि पाएको २५६ रनको लक्ष्य ४७.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन ओपनरद्वय अर्जुन साउद र आसिफ शेख तथा […]

नेपाल र केन्याबीचकाे तेस्रो एकदिवसीय क्रिकेट आज

काठमाण्डाै - नेपालले आज घरेलु टोली केन्यासँग तेस्रो एक दिवसीय क्रिकेट खेल्दैछ । नैरोबीमा रहेको जिमखाना क्रिकेट मैदानमा हुने खेल दिउँसो पौने १ बजे हुनेछ । आज नेपाल एक दिवसीय शृङ्खला क्लिन स्वीप गर्ने दाउमा छ । तीन खेलको शृङ्खलामा नेपाल २–० ले अघि छ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

जिम्बावेसँगको एकदिवसीय क्रिकेट शृङ्खलामा भारतको 'क्लिन स्वीप'

काठमाण्डाै - जिम्बावेसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा पाहुना टोली भारतले 'क्लिन स्वीप' गरेको छ । गएराति भएको तेस्रो एकदिवसीय खेलमा भारतले जिम्बावेलाई १३ रनले हरायो । जितका लागि २ सय ९० रनको लक्ष्य पछ्याएको जिम्बावे ४९ ओभर ३ बलमा २ सय ७६ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले १ सय १५ रनको शतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । उनको एकदिवसीय क्रिकेटमा पाँचौँ शतक हो । भारतका आवेश खानले ३ विकेट लिए । दीपक चाहर, अक्षर पटेल र कुलदीप यादवले २/२ विकेट लिए । त्यसअघि हरारेमा ट...

नेपालविरुद्धको एकदिवसीय क्रिकेट सिरिज पीएनजीद्वारा क्लिन स्वीप

काठमाडौं । नेपाललाई तीन विकेटले पराजित गर्दै पपुवा न्यूगिनि (पीएनजी) ले एकदिवशीय सिरिज क्लिन स्वीप गरेको छ । घरेलु मैदानमा भएका दुबै खेलमा नेपाल पराजित भयो । पहिलो खेलमा पीएनजीले नेपाललाई ६ रनले हराएको पीएनजीले दोस्रो खेलमा तीन विकेटको जित निकाले को हो । नेपालका लागि मध्य क्रमका ब्याटर दिपेन्द्रसिंह ऐरीले शतकीय इनिङ खेलेपनि वलिङमा राम्रो […]

भारतसँगको एकदिवसीय क्रिकेट श्रृङ्खलामा दक्षिण अफ्रिकाको 'क्लिन स्वीप'

दक्षिण अफ्रिकाले भारतसँगको तीन खेलको एकदिवसीय क्रिकेट श्रृङ्खलामा क्लिन स्वीप गरेको छ । गएराति भएको अन्तिम तथा तेस्रो एक दिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले श्रृङ्खला ३–० ले क्लिन स्वीप गरेको हो । घरेलु टोली दक्षिण अफ्रिकाले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ८३ रनमा समेटियो । भारतका लागि विराट कोहली, शिखर धवन र दीपक चाहरले अर्धशतकीय पारी खेले । कोहलीले ६५ रन, धवनले ६१ रन र दीपक चाहरले ५४ रनको योगदान गरे । यस्तै, सूर्यकुमार यादवले ३९, श्रेयस आयरल...