काठमाडौं : भारतले न्युजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्वीप गरेको छ। यस अघिनै च्याम्पियन बनिसकेको भारतले अन्तिम खेलमा ९० रनको जित हात पारेको हो।
इन्दोरमा पाहुना टोलीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। भारतले सानदार ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाएर ३ सय ८५ रनको योगफल बनाएको थियो।
कप्तान रोहित शर्मा र शुभम गिलको शतकको मद्दतमा भारतले अन्तिम खेलमा पनि जित निकालेको हो। पहिलो विकेटका लागि यी दुईले दुई सय १२ रनको साझेदारी गरे । रोहितले एक ...