गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

डोटी– डोटी जिल्लाको जोरायल गाउँपालिका–४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन् । गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार गरिएसँगै गाउँमा खुसियाली छाएको हो । उक्त गाउँलाई एक कार्यक्रमबीच ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ गाउँका रुपमा घोषणा गरिएको हो । युनिसेफको रु ३६ लाख […]

सम्बन्धित सामग्री

अरुण नदीको पानी पुगेपछि स्थानीयवासी खुसी

रुण नदीको पानी लिफ्ट प्रविधिमार्फत सातटार बस्तीमा पुगेपछि वर्षौदेखिको पानीको समस्या हटेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले अरुण नदीको पानी सोलार लिफ्टमार्फत एक हजार पाँच सय मिटर उचाइमा रहेको बस्तीमा पुराएपछि स्थानीयले सुखको सास फेरेको सातटारेका स्थानीयवासी गजेन्द्र कटुवालले बताउनुभयो ।

घरघरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

बन्दीपुर गाउँपालिका-१ भैंसीगोठ खानेपानी योजनाको निर्माण पूरा भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट सङ्कलित रकम र जनश्रम व्यहोरेर उक्त योजना सम्पन्न गरिएको हो ।

घरघरमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी

बन्दीपुर गाउँपालिका-१ भैंसीगोठ खानेपानी योजनाको निर्माण पूरा भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट सङ्कलित रकम र जनश्रम व्यहोरेर उक्त योजना सम्पन्न गरिएको हो ।

घरघरमा धारा पुगेपछि चितवनका स्थानीयवासी खुसी

घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका –६ ढङ्ङ्ग्रेका बासिन्दा खुसी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने गाउँका बासिन्दा घरघरमा धारा पुगेपछि खुसी भएका हुन् । ढुग्रे  गाउँ र आसपासका गाउँका बासिन्दाले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए । श्री माध्यामिक विद्यालय ढुङ्ग्रेका प्रधानाध्यापकसमेत रहेका स्थानीय विश्वनाथ गुरुङले पुस्तौँदेखि खानेपानीको समस्या हल भएकोमा स्थानीय सरकारलाई धन्यावाद दिए । पुस्तौँदेखी घण्टौँ लगाएर कुवाबाट पानी भरे

घरमै खानेपानी आउन थालेपछि स्थानीयवासी खुसी

दमौली । तनहुँको ऋषिङ गाउँपालिका–५ झटारेमा खानेपानी सुविधा पुगेको छ । हालसम्म कुवाको पानी उपभोग गर्दै आएका स्थानीयवासी घरमै खानेपानी आएपछि खुसी भएका छन् । ऋषिङ गाउँपालिका र गण्डकी प्रदेश सरकारको ५१ लाखको लागतमा झटारेका २३ घरमा खानेपानी सुविधा पुगेको झटारे खानेपानी उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । खानेपानी योजनाका लागि स्थानीय सामुदायिक […]

४० वर्षपछि पानी आउँदा स्थानीयबासी खुसी

काठमाडौं । ठमेलस्थित भगवती मन्दिर नजिक रहेको भीमशम्शेर जवराको पालामा बनेको ऐतिहासिक त्रि–भीम धारामा झन्डै ४० वर्षपछि धारामा पानी आउन थालेपछि स्थानीयबासी खुसी छन् । स्थानीय समाजसेवी शंकर (प्रभुलाल) जोशीको पहल र काठमाडौं उपत्यका खानेपानी आयोजना, महाराजगन्ज शाखाको सहयोगमा लामो सयमपछि पुनः पानी आउन थालेपछि स्थानीयवासी खुसी भएका हुन् । शंकरकै पहलमा काठमाडौं महानगरपालिका–१६ का […]

गाउँपालिकाकाे केन्द्रमा खानेपानी पुगेपछि बाजागाजा र नाचगानसहित खुसीयाली

गोरखा – खानेपानी सुविधा पुगेपछि गोरखाको ताकुकोट गाउँका बासिन्दाले बाजागाजा र नाचगान गर्दै खुसी मनाएका छन् । बारपाक सुलिकोट गाउँपालिकाकाे केन्द्र ताकुकोटमा घरघरमै खानेपानी सुविधा पुगेको हो । स्थानीय भुत्तेधारा खानेपानी योजनाको उद्घाटनका क्रममा गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधि र उपभोक्ताले बाजागाजा बजाउँदै नाचगान गरेर आपसमा खुसी साटेका हुन् । लामो समयदेखि भोग्दै आएको खानेपानीको असुविधा अन्त्य भएपछि स्थानीयवासी खुसी भएका हुन् । यसअघि त्यहाँका उपभोक्ता बस्तीभन्दा आधा घण्टा तलको मूलमा पुगेर खानेपानी ओस...

खानेपानीमा सहज पहुँचः स्थानीयवासीमा खुसीयाली

–विजय रावत खलङ्गा, १४ कात्तिक : जुम्लाको तातोपानी गाउँपालिका–१ स्थित बाइराँका गाउँमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ । करिब तीन दशकदेखि पानीको चरम सङ्कटमा जीवन बिताउन बाध्य भइरहेकाले खानेपानीमा सहज पहुँच पुगेपछि उनीहरु खुसी भएका हुन् । अहिले गाउँमा लिफ्ट एरिकेसनको माध्यमबाट खानेपानी पुगेपछि स्थानीयवासी हर्षित भएको सोही गाउँका जोखबहादुर शाहीले बताउनुभयो । […]