धौलिगाड खानेपानी आयोजनाको निर्माण प्रक्रिया शुरु : ४४ हजारभन्दा बढी घरधुरी लाभान्वित हुने

चैत ४, खलङ्गा । कर्णाली प्रदेशको सबैभन्दा ठूलो जुम्लास्थित बृहत् धौलिगाड खानेपानी आयोजना निर्माण हुने भएको छ । विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेका उक्त आयोजनाको निर्माण प्रक्रिया अहिले शुरु भएको हो ।  केही महीना अघि आयोजना निर्माणका लागि आवश्यक बजेटको सुनिश्चितता भएपनि कहिलेबाट निर्माण हुने ढुङ्गो लाग्न सकेको थिएन । रू. एक अर्ब २६ करोडको लागतमा निर्माण हुने उक्त आयोजनाको शनिवार अर्थात् यही चैत ५ गते संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गर्ने कार्यक्रम तय भएको धौलिगाड खानेपानी आयोजनका प्रमुख महेश न्यौपानेले बताए ।   उनले भने, ‘कर्णाली प्रदेशकै ठूलो र नेपालको हिमाली भेगमा रहेको सबैभन्दा लामो प्रसारण तथा वितरण क्षेत्र रहेको उक्त खानेपानी आयोजनाबाट चन्दननाथ नगरपालिकासहित गुठिचौर र तातोपानी गाउँपालिकाका ४४ हजार १६३ घरधुरी लाभान्वित हुने छन् ।’ आयोजना सञ्चालनसँगै त्यस क्षेत्रका नागरिकले भोगिरहेका खानेपानी समस्या पनि हट्ने अपेक्षा गरिएको छ । लामो संघर्ष र प्रयासपछि आयोजना निर्माण हुने प्रक्रिया गएकोमा जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले खुसी व्यक्त गरे । आयोजनाअन्तर्गत तीन हजार ३०० भन्दा बढी धारा निर्माण गरिने छन् । खानेपानीको अभाव झेलिरहेका जुम्लाका दुर्गम गाउँबस्तीले आयोजनाबाट राहत पाउने विश्वास लिइएको छ । ‘करीब १२ वर्षपछि धौलिगाड खानेपानी आयोजना निर्माणका लागि टेण्डर प्रक्रियामा गएपछि जुम्ली नागरिक खुसी भएका छन् । उनले भने, ‘जुम्ली जनताको ठूलो सपना धौलीगाड खानेपानी आयोजना टेण्डरमा गएको छ । तीन ओटै स्थानीय तहले लगानी गरेपछि आयोजनाले मूर्तरूप लिएको छ । अब आयोजनाले गति लिने छन् ।’ स्थानीय तहको साढे एक करोड लगानी आयोजना निर्माणका लागि कुल लागतको एक प्रतिशत रकम स्थानीय तहले व्यवस्थापन गर्नु पर्नेछ । एक प्रतिशत श्रमदानका लागि लाभान्वित तीन ओटा स्थानीय तहले रू. एक करोड ४६ लाख लगानी गरेको जिसस उपप्रमुख बुढाले बताए ।  स्थानीय तहले आयोजनाको खातामा अग्रिम नगद जम्मा गरेपछि आयोजना अघि बढेको हो । यसका लागि चन्दननाथ नगरपालिकाले रू. ५० लाख, तातोपानी गाउँपालिकाले रू. ५० लाख र गुठिचौर गाउँपालिकाले रू. ४६ लाख बजेट पहिले नै बैंक धरौटी राखिसकेका छन् ।  सो खानेपानी आयोजनाको शुरुवात २०६४ साल देखिनै भएको थियो । २०६६ सालमा स्थानीयवासी राजबहादुर खत्रीको अध्यक्षतामा उपभोक्ता समितिले आयोजनाको केही काम शुरु गरे पनि पूर्णता हुन सकेन । रासस

सम्बन्धित सामग्री

दशकपछि बृहत धौलिगाड खानेपानी आयोजना निर्माण हुँदै

जुम्लामा निर्माणाधीन गौरवको ‘धौलिगाड खानेपानी आयोजना’ निर्माणले गति लिएको छ । निर्माण थालनी भएको दशकबढी समयपछि चालू आर्थिक वर्षबाट आयोजनाको निर्माण कार्यले गति लिएको हो । २०६७ सालयता आयोजना निर्माणको प्रारम्भ भएको थियो । विभिन्न तदर्थ समिति गठन गरे पनि विगतका वर्षमा निर्माण कार्यले गति लिन सकेको थिएन । मुलुककै सबैभन्दा बढी हाइअल्टिच्युटमा निर्माण हुन […]

धौलिगाड खानेपानी आयोजना शिलान्यास

जुम्ला-निर्माण कार्य सुरु भएको झण्डै १२ वर्षपछि कर्णाली प्रदेश तथा हिमाली जिल्लाकै सबैभन्दा ठूलो धौलिगाड बृहत्त खानेपानी आयोजना शिलान्यास भएको छ । बृहत् धौलिगाड खानेपानी आयोजनाको शनिबार संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले शिलान्यास गरेका हुन् । बजेट अभावले अलपत्र रहेको बृहत् खानेपानी आयोजना १२ वर्षपछि बल्ल निर्माण हुने पक्का भएको छ ।२०६६ सालबाट निर्माण सुरु भएको […]

धौलिगाड बृहत् खानेपानी आयोजनाको शिलान्यास

जुम्ला : चन्दननाथ नगरपालिका‚ गुठीचौर गाउँपालिका र तातोपानी गाउँपालिकाकामा कर्णाली प्रदेश सरकारको गौरवको आयोजना धौलिगाड बृहत् खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। आयोजना नेपाल सरकारका खानेपानी तथा सिंचाईमन्त्री उमाकान्त चौधरीले शनिवार शिलान्यास गरेका हुन्।यस आयोजनाबाट नौ हजार १०८ घरधुरी लाभान्वित हुने जनाइएको छ। कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले धौलिगाड खानेपानी आयोजना जुम्लाका लागि कर्णाली स्वास्थ्य विज्ञानपछिको अर्को विकासको आयम भएको बताए।आयोजनाबाट चन्दननाथ नगरपालिकाको वडा नम्

धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको मेलम्ची हो : मन्त्री चौधरी

खानेपानी मन्त्री उमाकान्त चौधरीले धौलिगाड वृहत खानेपानी आयोजना कर्णाली प्रदेशको ‘मेलम्ची’ भएको बताएका छन् । जुम्लामा शनिवार धौलिगाड वृहत खानेपानी आयोजनाको शिलान्यास गर्दै मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना काठमाडौं उपत्यकाका लागि मेलम्ची जत्तिकै महत्वपूर्ण भएको बताएका हुन् । उनले भने, ‘काठमाडौंको मेलम्ची पनि चैत मसान्तभित्रै सञ्चालनमा आउँदैछ । धौलिगाड वृहत खानेपानी आयोजनामा साढे दुई वर्षमै सकिन्छ ।’वृहत धौलिगाड खानेपानी आयोजना निर्माण १३ वर्ष अघि बढेको थियो । एक अर्ब

‘धौलिगाड खानेपानी आयोजना कर्णाली प्रदेशको ‘मेलम्ची’ हो’

जुम्ला– खानेपानी मन्त्री उमाकान्त चौधरीले धौलिगाड बृहत् खानेपानी आयोजना कर्णाली प्रदेशको ‘मेलम्ची’ भएको बताएका छन्। जुम्लामा शनिबार धौलिगाड बृहत् खानेपानी आयोजनाको शिलान्यस गर्दै मन्त्री चौधरीले धौलिगाड खानेपानी आयोजना काठमाडौँ उपत्यकाका लागि मेलम्ची जत्तिकै महत्वपूर्ण भएको बताएका हुन्। उनले भने, ‘काठमाडौँको मेलम्ची पनि चैत मसान्तभित्रै सञ्चालनमा आउँदैछ। धौलिगाड बृहत् खानेपानी आयोजनामा साढे दुई वर्षमै सकिन्छ।’ बृहत् […]

बृहत् धौलिगाड खानेपानी आयोजना बन्ने

जुम्ला- कर्णाली प्रदेशको सबैभन्दा ठूलो धौलिगाड खानेपानी आयोजना निर्माण हुने भएको छ । विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना बल्ल निर्माण प्रक्रिया अघि बढ्ने पक्का भएको हो ।केही महिनाअघि आयोजना निर्माणको बजेट सुनिश्चितता भए पनि कहिलेबाट निर्माण हुने पक्का थिएन । यही ५ चैतमा संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले बृहत् धौलिगाड खानेपानी आयोजनाको शिलान्यास […]

डेढ दशकपछि निर्माण हुँदै धौलिगाड आयोजना

कर्णालीकै ठूलो धौलिगाड खानेपानी आयोजना डेढ दशकपछि अघि बढेको छ । लामो प्रयासपछि विद्युतीय खरिद प्रणालीमार्फत टेण्डर भएपछि आयोजना निर्माणको प्रक्रिया अघि बढेको हो ।जिल्ला समन्वय समिति, चन्दननाथ नगरपालिका, तातोपानी र गुठिचौर गाउँपालिकाको रोहवरमा टेन्डर आह्वान गरी निर्माणकार्य अघि बढेको संघीय खानेपानी आयोजनाको कार्यालयले जानकारी दिएको छ । आयोजना प्रमुख महेश न्यौपानेका अनुसार एक अर्ब […]