काठमाडाैँ- प्रतिनिधिसभाकाे महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ। बयानका लागि समितिले आज बिहान ९ बजे बैठक बाेलाएकाे छ। बैठकमा जबरासँग पूरक प्रश्न साेधिनेछ। समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ। आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा राणाले सर्वोच्चका बहालवाला र पूर्वन्यायाधीश, बार एसाेसिएसनका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ताहरूलाई पनि मुछेका […]