निलम्बित प्रधानन्यायाधीश जबराको बयान आज पनि जारी रहने

काठमाडौं : महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिदैछ। संसद सचिवालय सिंहदरबारमा आज बिहान ११ बजेदेखि बयान शुरु हुनेछ। समितिले यसअघि दुइ दिन बयान लिँदा जम्मा ६ वटा मात्रै प्रश्न सोधिएको छ।  बयानका लागि ४३ वटा प्रश्न तयार गरिएको भए पनि ६ वटा मात्रै प्रश्न सोधिएकोले बयान लम्बिने देखिएको छ।  महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु धेरै बाँकी रहेकाले समय लाग्ने बताए। समितिको बैठक यसअघि

सम्बन्धित सामग्री

चोलन्द्र शम्शेर जबराको बयान आज पनि जारी रहने

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ। बुधबारदेखि सुरु भएको बयान आज पनि जारी रहने छ। समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ।  हिजोको बैठकमा जबरालाई ४३ मध्ये चार प्रश्न सोधिएको थियो। बाँकी प्रश्नको उनले क्रमशः सामना गर्दै जानेछन्।जबराविरुद्ध फागुन १ गते सङ्घीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनी निलम्बनमा परेका थिए।