एन्फा अध्यक्ष निर्वाचित भएपछि कर्मा छिरिङ भन्छन्, सोमवारै कार्यसमिति बैठक बसेर लिगको मिति तोक्नेछौँ :: Pahilopost.com

काठमाडौं : अखिल नेपाल फुटबल संघको इतिहासमा पहिलो पटक भएको पूर्ण निर्वाचनबाट कर्मा छिरिङ शेर्पा अध्यक्ष पदमा निर्वाचित भएका छन्। शनिवार भएको एन्फाको १६औँ कंग्रेस (साधारण सभा)बाट शेर्पा नेतृत्व तहमा पुगेका हुन्। यसअघि फुटबल शुद्धिकरणको अभियान चलाएका शेर्पाको प्यानल नै कार्यसमितिमा हावी भयो। ४ उपाध्यक्ष र ११ सदस्यमा शेर्पाको

सम्बन्धित सामग्री

एन्फा निर्वाचनः कर्मा प्यानलका १८ जनाले गरे मनोनयन दर्ता

९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन् । एन्फा निर्वाचन असार ६ गते हुँदैछ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्यानलसहित निर्वाचनमा होमिने घोषणा गरेका कर्मा समूहले अपराह्न एन्फा मुख्यालय पुगेर मनोनयन दर्ता गराएको हो । यसअघि पंकज विक्रम नेम्बाङले शुक्रबार […]

एन्फा अध्यक्षमा शेर्पाले दिए उम्मेदवारी

९ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले दोस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन् । एन्फा निर्वाचन असार ६ गते हुँदैछ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी प्यानलसहित निर्वाचनमा होमिने घोषणा गरेका कर्मा समूहले अपराह्न एन्फा मुख्यालय पुगेर मनोनयन दर्ता गराएको हो । यसअघि पंकज विक्रम नेम्बाङले शुक्रबार […]

शेर्पा र नेम्बाङबीच एन्फा अध्यक्षमा प्रतिस्पर्धा हुने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीच एन्फा अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ । अघिल्लो निर्वाचनमा एकै समूहबाट चुनाव लडेका शेर्पा अध्यक्ष र नेम्बाङ उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यति मात्र होइन यी दुईसहित १७ सदस्यीय कार्यसमितिनै एकै समूहबाट निर्वाचित भएका थिए । […]

एन्फा अध्यक्ष शेर्पालाई पूर्वअध्यक्ष थापाको चुनौती

अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आफूमाथि लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले थापामाथि १० वर्ष प्रतिबन्ध...

फुटबल विकासको लागि एन्फा र साफबीच सम्झौता

काठमाडौँ । फुटबल विकासका लागि नेपाल र साउदी अरेबियाबीच सम्झौता भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र साउदी अरेबियन फुटबल फेडेरेसन (साफ) बीच फुटबलका विभिन्न पक्षको विकासका लागि दुई वर्षको सम्झौता भएको हो । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र साफका अध्यक्ष यासेर अलमिसेहालले आइतबार साउदीमा सम्झौता पत्रमा हस्ताक्षर गरेको एन्फाले जनाएको छ […]

गणेश थापाले एन्फा अध्यक्ष छिरिङलाई लेखे यस्तो पत्र (पत्रसहित)

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पत्र लेखेका छन् । पत्रमा उनले आफूलाई यही पुस २२ गते बस्न लागेको एन्फाको कार्यकारिणी समितिको बैठकमा आफ्ना धारणा राख्नका लागि अवसर मिलाइदिन अध्यक्ष छिरिङसमक्ष आग्रह गरेका छन् ।विगत सात वर्षदेखि छिरिङले आफूमाथि लगाएका आरोपका कारण आफूले एउटा खेलाडी र व्यवस्थापकका रुपमा इमानदारीपूर्वक गरेका कामप्रति भ्रम उत्पन्न भएको उनले पत्रमा जिकिर गरेका छन् ।थापाले एन्फा अध्यक्ष छिरिङलाई भनेका छन्, ‘मैले तपाई

एन्फा प्रवक्ताले एकाएक किन दिए राजीनामा ?

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य किरण राईले प्रवक्ता पदबाट आज एकाएक राजीनामा दिएका छन् ।     राईले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा पुगेर अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् । पछिल्लो समय एन्फा कार्यसमिति दुई खेमामा बाँडिदा तटस्थ देखिएका राईले केन्द्रीय सदस्यको भूमिकामा फुटबलमा सक्रिय भएर लाग्नका लागि राजीनामा दिएको बताए । उनले आफू कुनै खेमामा पनि नजाने भन्दै आफूसँग सहीलाई सही र गलतलाई गलत भन्नसक्ने हैसियत भएको दाबी गरे । राईले एन्फा नेतृत्वको...

एन्फा प्रवक्ता राईले दिए राजीनामा

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले राजीनामा दिएका छन्। एन्फा मुख्यालयमा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई राईले सोमबार राजीनामा बुझाएका हुन्। एन्फाका केन्द्रीय सदस्यसमेत रहेका राईले राजीनामाको कारण भने खुलाएका छैनन् ।  उनले एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गरी राजीनामाको कारण खुलाउने बताएका छन्।

लिग निर्धारित मितिमा नै हुन्छ : एन्फा अध्यक्ष शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नै हुने बताएका छन्। लिगका चार क्लबले लिग रोक्न ज्ञापनपत्र बुझाएपछि अध्यक्ष शेर्पाले यस्तो...