अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध झुटो आरोप लगाएर एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले चरित्र हत्या गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै आफूमाथि लगाएका आरोपहरू प्रमाणित गर्न चुनौती दिएका छन् । साथै थापाले आफूआथि लागेका आरोपहरू प्रमाणित भएमा फुटबलको कुरा गर्न छोडिदिने बताएका छन् । ‘अध्यक्ष शेर्पाले ममाथि झूटा आरोप लगाएर मेरो चरित्र हत्या गर्ने काम गरे । उनले लगाएका ओरोपहरुमध्य कुनै एक आरोप मात्र सत्य भएमा म फुटबलको कुरा गर्न नै छोड्ने छु,