अष्ट्रेलियाको दक्षिण–पूर्व भागमा ५.८ तीब्रताको भूकम्प मापन गरिएको छ । भूकम्पका कारण मेलबर्नका विभिन्न भवनमा क्षती पुगेको बताइएको छ । भूकम्प स्थानीय समयानुसार बुधबार बिहान ९ः१५ मा आएको हो । भूकम्पको केन्द्र मेन्सफील्ड थियो । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिनले भूकम्पबारे जानकारी दिँदै हालसम्म कोही पनि गम्भीर रुपमा घाइते भएको खबर नपाएको बताएका छन् ।भूकम्पको झट्का दक्षिण अष्ट्रेलिया र न्यू साउथ वेल्समा पनि महसुस गरियो । पहिलो तीब्र झट्का पछि दोस्रो झट्का ४.० तीब्रताको र तेस्रो झट्का