ताइयुआन, ४ असोज । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट यी उपग्रहहरू प्रक्षेपण गरिएका हुन्। बेइजिङ समयअनुसार शनिबार साँझ ६ बजेर ५० मिनेटमा लङ मार्च–२डी वाहक रकेटमार्फत उपग्रहहरू प्रक्षेपण गरिएको थियो। प्रक्षेपणपछि चारवटै उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको प्रक्षेपण केन्द्रले जनाएको छ। […]
ललितपुर । नेपाली कांग्रेस ललितपुर महानगरपालिका–१३ को १५औँ वडा अधिवेशनबाट सुमन गजुरेल सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।शनिबार एकान्तकुनास्थित क्वालिटी फुड ल्यान्डमा सम्पन्न अधिवेशनले गजुरेलको नेतृत्वमा नयाँ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा गीता पराजुली र विनोद के.सी., सचिवमा निरज खड्का तथा सह–सचिवमा शेखर ढुङ्गाना चयन भएका छन्। त्यस्तै सदस्यहरूमा लक्ष्मी भण्डारी, मञ्जु […]
RajdhaniDaily.com | काठमाडौं । सार्वजनिक निर्माणका ठेक्कामा औसत कबोल अंकका आधारमा मूल्यांकन गर्ने व्यवस्था लागू भएपछि लागत अनुमानभन्दा माथिका बोलपत्रलाई मूल्यांकनमा राख्ने वा -
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले सहकारी संस्थाहरू आफ्नो मूल उद्देश्यबाट विचलित भई बचत तथा ऋण परिचालन र अनुत्पादक क्षेत्रमा केन्द्रित हुँदा अहिलेको समस्या सिर्जना भएको बताएका छन् । मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा गुरुङले सहकारीको ठूलो हिस्सा अर्धबैंकिङ वा माइक्रोफाइनान्सको शैलीमा सञ्चालन हुँदा उत्पादनमूलक क्षेत्रमा लगानी कमजोर बनेको […]
म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित मलाङमा पहिरो खसेर सडक बगाएपछि गत असार अन्तिम सातादेखि दुई वडाका बासिन्दालाई आवतजावत, ढुवानी र कृषि तथा पशुजन्य बस्तु बजारमा बिक्री गर्न समस्या भएको छ । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीका नरप्रसाद छन्त्यालले सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको बताए । […]