काठमाडौं, कात्तिक २४। अर्घाखाँचीको ऐतिहासिक, पौराणिक, धार्मिक तथा सांस्कृतिक भैरव नाचको प्रदर्शन काठमाडौँमा भएको छ । बुधबार अर्घाखाँची जिल्लावासीको आयोजना तथा सम्पदा संरक्षण महाअभियानको सहकार्यमा हनुमानढोका, वसन्तपुर (कालभैरवअगाडि) भैरव नाचको प्रदर्शन भएको हो । भैरव नाच अर्घाखाँचीको नेवाः समुदायले नाच्ने ऐतिहासिक, पौराणिक, धार्मिक र सांस्कृतिक नाच हो । अरू जिल्लामा यसलाई लाखे नाच भनेर भन्ने […]
०७२ सालको महाभूकम्पले पूर्णरुपमा भत्किएको सिन्धुपाल्चोकका सात पौराणिक गुम्बाको निर्माण कार्य सुस्त गतिमा भइरहेको छ।
भारत सरकारको सहयोगमा पाँच गुम्बाहरु निर्माणाधीन अवस्थामा छन् भने दुई गुम्बाको काम प्राकृतिक प्रकोपले सिर्जित समस्याका...
जलेश्वर, ८ साउन । साउनका प्रत्येक सोमबार श्रद्धापूर्वक मनाइने सोमबारी मेला (बोलबम) को अवसरमा आज पनि महोत्तरीका चार पौराणिक शिव मन्दिरहरुमा भक्तजनको अपार भीड लागेको छ । जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ, बर्दिबास नगरपालिकामा अवस्थित बाबा टुटेश्वरनाथ, भङ्गहा नगरपालिकामा अवस्थित बाबा सिद्धेश्वरनाथ र सोनमा गाउँपालिकामा अवस्थित बाबा मङ्गलनाथको मन्दिरमा भगवान शिवको पूजाअर्चना गर्ने दर्शनार्थी […]
सुर्खेत : जाजरकोट सदरमुकाममा पौराणिक लोकनृत्यको प्रतियोगिता सुरु गरी गरिएको छ। जिल्लाभरीका ८ वटा पुराना तथा ऐतिहासिक नाच तथा गीतहरू प्रस्तुत गरिएको थियो।नलगाड , भेरी नगरपालिकाबाट उक्त नाच , गीतमा कलाकारहरूले सहभागिता रहेको थियो। भेरी नगरपालिकाबाट पैसेरी, सिगारु र नलगाडको हल्चौरबाट सिगारु नाच प्रस्तुत गरिएको थियो।उक्त प्रतियोगितामा स्थान ल्याउनेलाई प्रमाणपत्रका साथै नगर पुरस्कारसमेत दिने आयोजक जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गरेको थियो।
पौराणिक ग्रन्थकी रोचक पात्र हुन्, सीता । मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा रामसँग भएको थियो । यो त्रेतायुगको कथा हो । पूर्वीय दर्शनले सीतालाई ‘आदर्श नारी’को रुपमा उल्लेख गरेको छ । शब्दकोशमा सीताको अर्थ जोत्दा जमिनमा रहेको हलोको डोब, हलोको फालीबाट धर्तीमा निर्मित रेखा भनिएको छ । प्रचलित कथा अनुसार यज्ञभूमि तयार […]
काठमाडौँ,४ माघ । धनकुटा नगरपालिका–२ स्थित सल्लेरी सामुदायिक वनभित्र रहेको एक पौराणिक घर संरक्षणको अभावमा बेवारिसे जस्तै भएको छ । हालसम्म कुनै लिखित इतिहास नभएको र किंवदन्ती मात्र भएको उक्त जङ्गल भित्रको ढुङ्गाको ओडारमा निर्मित घर वर्षौंदेखि अलपत्र अवस्थामा छ । बालबालिका र पाको मान्छे जान नसक्ने स्थानमा बनाइएको सो घर किन र कसले बनायो […]
पुरानो सभ्यता मानिने कालीगण्डकी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सम्भावना बोकेको नदी हो । दामोदर कुण्डबाट बहेकी कालीगण्डकीको महत्व र पर्यटन विकासका विषयमा बेला–बेलामा बहस हुने गरेका छन् । धार्मिक महत्व बोकेकाले पनि नदीको पानीलाई जोडेर विकासका नाममा एकपक्षीय खेलवाड गर्न नहुने सरोकारवालाको तर्क छ । पाल्पाको राम्दीमा नदी डाइभर्सन र नवलपुरको बुलिङ्टार गाउँपालिकाको …
२०७९ असोज ३० गतेको बिहानी, अशुभ समाचारले मथिङ्गल रन्थनाइदियो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन । उफ् ! यमराजको निर्दयीपन । चित्रगुप्तले बहिखाताबाट सत्यमोहन जोशीको नाम किन हटाएनन् होला ? प्रश्नको झटारो हान्दैछ मनभित्र । फुर्सदको परिभाषा के हो ? मानिसलाई फुर्सद चाहिं हुन्छ कहिले ? म आफैं पनि र अरु धेरै मानिसहरु कुरैकुराको […]
अन्यायमाथि न्यायले विजय हासिल गरेको खुसीमा हामी दसैँ मनाउँछौँ । मार्कण्डेय पुराणभित्रको दुर्गा स्तुतिअनुसार दुम्जाको तल सुनकोसी तटमा रहेको कुशेश्वर महादेवको मन्दिरनजिक दुर्गा माताको उत्पत्ति भयो, जहाँ अहिले दुर्गा तीर्थ छ ।...
एजेन्सी। भारतमा कोरोना संक्रमणका कारण घरभित्रै थुनिएका मानिसहरू बढी मात्रामा पौराणिक टेलिभिजन शृंखला हेर्न थालेको ब्रोडकास्ट अडियन्स नेटवर्कले जनाएको छ। लकडाउनको समयमा रामायण, महाभारतजस्ता पौराणिक टीभी शृंखला देखाउने च्यानललाई बढी फाइदा भएको छ। दर्शकको रेटिङमा यी शृंखला सबैभन्दा माथि रहेका छन्। नेटवर्कका अनुसार पौराणिक सामग्रीका दर्शक बढेर १५.२ अर्ब मिनेट पुगेको छ।