महोत्तरीका चार पौराणिक शिव मन्दिरमा भक्तजनको घुइँचो

जलेश्वर, ८ साउन । साउनका प्रत्येक सोमबार श्रद्धापूर्वक मनाइने सोमबारी मेला (बोलबम) को अवसरमा आज पनि महोत्तरीका चार पौराणिक शिव मन्दिरहरुमा भक्तजनको अपार भीड लागेको छ । जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ, बर्दिबास नगरपालिकामा अवस्थित बाबा टुटेश्वरनाथ, भङ्गहा नगरपालिकामा अवस्थित बाबा सिद्धेश्वरनाथ र सोनमा गाउँपालिकामा अवस्थित बाबा मङ्गलनाथको मन्दिरमा भगवान शिवको पूजाअर्चना गर्ने दर्शनार्थी […]

सम्बन्धित सामग्री

दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो

चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्त्व बोकेको दहचोकस्थित इन्द्रदहमा स्नान तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको हो ।

बुबाको मुख हेर्ने दिन : अन्धाअन्धीमा भक्तजनको घुइँचो - NepaliPatra

जलेश्वर । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवं धार्मिक महत्व बोकेको ठाउँ हो । रामायणकालमा मातापिताका अनन्य भक्त श्रवण कुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी बाण लागेर आफ्नो छोरा श्रवण कुमारको मृत्यु भएको सुनेपछि आफ्नो प्राण […]

बुबाको मुख हेर्ने दिन : अन्धाअन्धीमा भक्तजनको घुइँचो

कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवम् धार्मिक महत्व बोकेको ठाउँ हो ।

रुरु धाममा भक्तजनको घुइँचो

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा माघे सङ्क्रान्ति मेला सुरु भएको छ । आइतबार बिहानैदेखि रिडीमा स्नान गर्न तथा मेला भर्न आउने भक्तजनको घुइँचो लागेको छ । विश्वकै धार्मिक, पौराणिक, ऐतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल रिडी रुरु क्षेत्रमा माघे सक्रान्ति मेला सुरु भएको छ । नेपालकै चार धाममध्ये एक धाम रुरु क्षेत्रमा हरेक वर्ष माघे संक्रान्तिको दिनदेखि पाँच दिनसम्म मेला लाग्ने गरेको छ । पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, रोल्पा, रुकुम, बाग्लुङ, नवलपरासीजगायतका स्थानबाट मेलामा मानिसहरू आएका छन् । यो मेलालाई यस क्षेत्रकै पर्वको रूपमा लिइन्छ । प्रत्येक वर्ष लाग्ने यो मेला तीन जिल्लामा फरक...

नयाँ वर्षको दिन धरानका मन्दिरमा घुँइचो

धरान (अस) । धरानको विजयपुरमा रहेका मन्दिरहरूमा नयाँ वर्षको पहिलो दिन बिहीवार दर्शनार्थी एवं धार्मिक पर्यटकको घुँइचो लागेको छ । विशेष पर्व बाहेक विजयपुरका मठमन्दिरमा शनिवार मात्र घुइँचो लाग्ने गरेकोमा बिहीवार नयाँ वर्षको पहिलो दिन भएकाले भीडभाड बढेको हो । नयाँ वर्षको अवसर पारेर धरानसहित मोरङ, सुनसरी लगायत अन्य ठाउँबाट पनि दर्शनार्थी आएको स्थानीय प्रेम श्रेष्ठले बताए । विजयपुर क्षेत्रका बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिर लगायत अन्य मन्दिरहरूमा पनि बिहीवार दर्शन तथा पूजाआजा गर्ने भक्तजनको घुइँचो लागेको थियो । दन्तकाली मन्दिरका पुजारी विश्वराज खनालले वर्षको पहिलो दिन बाँकी दिन शुभ रहोस् भन्दै कामना गर्नेहरू मन्दिर आउने बताए । बुढासुब्बा मन्दिर व्यवस्थापन समितिका सदस्य सचिव एवं समाजसेवी उत्तम आले मगरका अनुसार दिउँसो १ बजेसम्म पनि दर्शनार्थीको भीड थियो । धरान–१४ मा पौराणिक एवं ऐतिहासिक महत्त्वका पिण्डेश्वर, दन्तकाली र पञ्चकन्या मन्दिरमा धार्मिक पर्यटकको घुँइचो लागेको हो । नयाँ वर्षको पहिलो दिन मन्दिर दर्शन गर्दा शुभ हुने विश्वासले आफू परिवारसहित आएको इटहरीका बाबुराम भण्डारीले बताए ।

समावेशी बन्दै तराई मधेशको दशहरा

नेपालको पहाडी क्षेत्रमा मनाइने दशैंलाई तराई मधेशमा दशहराको रूपमा मनाइन्छ । कृषि कर्म र खाद्यान्न भण्डार मानिएको तराई मधेशमा खेतीपातीबाट फुर्सद मिल्ने समयमा पर्वको शृंंखला शुरू हुन्छ । असोज आउँदा नआउँदै किसानले भदैया (वर्षे) धान आआफ्नो घरमा भित्र्याइसकेका हुन्छन् । अगहनी (मङ्सिरमा हुने) धानको रोपाइँदेखि सोहनी (गोडलेम) समेत भइसकेको हुनाले करीब डेढ महीना कृषि कर्म फुर्सदिलो हुने भएकाले तराई मधेशमा यो समयमा पर्वको लहर नै शुरू हुने स्थानीय संस्कृतिका बारेमा जानकार सञ्चारकर्मी रितेश त्रिपाठी बताउँछन् । ‘डेढ महीनापछि फेरि अगहनी धानको कटाइको चटारो आउनेवाला हुन्छ । तराई मधेशमा यसबीचको समय उत्सव र उमंगका लागि उपयोग गर्ने सामाजिक व्यवस्था छ,’ पत्रकार त्रिपाठी भन्छन् । दशहरा, दीपावली, छठलगायत पर्व यही बीचमा पर्दछन् । असोज महीनाको शुक्ल प्रतिपदादेखि दशमी तिथिसम्म जगदम्बा (जगत्की आमा) मानिने देवीका विभिन्न ९ स्वरूपको आराधना गरिन्छ । तराई मधेशको पर्व तथा संस्कृतिका बारेमा गहिरो जानकारी राख्ने पत्रकार चन्द्रकिशोरका अनुसार यस क्षेत्रका प्रत्येक गाउँका देवी र देवता हुन्छ । देवीलाई सातोमाई भनिन्छ भने देवतालाई ब्रह्मबाबा मानिन्छ । दशहराका नवरात्रिमा तिनै सातोमाईको पूरा गरिन्छ । वीरगञ्जको गहवामाई गहवा गाउँकी सातोमाई हुन् । बिन्दवासिनी, बिर्तामाई यस्तै माई हुन् । दशहरामा यी शक्तिपीठहरूमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस्ता स्थलहरूमा सातोमाईको सामूहिक पूजाआजाको प्रचलन हुन्छ । यसपटक पनि प्रतिपदा तिथिदेखि नै यी मन्दिरमा भक्तजनहरूले पूजा थालिसकेका छन् । कोरोना संक्रमणलाई ध्यानमा राखी पछिल्ला वर्षहरूमा सतर्कताका उपाय भने अपनाइएको छ । प्रतिपदाको दिन घरघरमा चण्डीपाठ गरेर राखिएको जमरा दशमीका दिन पुरोहितले जजमानलाई दिने परम्परागत चलन भएको चन्द्रकिशोर बताउँछन् । प्रतिपदाका दिनदेखि नवमीसम्म नवरात्रको रूपमा मनाउँदै शक्तिको आराधना गरिन्छ । प्रतिपदाको दिनलाई जई गिरावे के दिन (जमरा हाल्ने दिन)को रूपमा मनाइन्छ भने यो दिन देवीको शैलपुत्री स्वरूपको आराधना हुन्छ । प्रतिपदापछि ९ दिनसम्म पवित्र भएर निष्ठापूर्वक ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी र सिद्धिदात्री स्वरूपको पूजा गर्ने परम्परा छ । तराई मधेशको दशहरामा टीका लागाउने परम्परा नभए पनि पछिल्लो समयमा यस क्षेत्रका पर्वहरू समावेशी बन्दै गएको बुझाइ पत्रकार चन्द्रकिशोरको छ । ‘पहिला तराई मधेशको दशहरामा दशमी तिथिका दिन पुरोहितले जजमानलाई जमरा दिने चलन थियो । तर, अहिले जमरासँगै टीका पनि लगाउने र आफन्तकहाँ टीका थाप्न जाने चलन पनि थपिएको छ,’ उनी भन्छन्, ‘पहाडी समुदायमा लगाइने टीकालाई मधेशको समुदायले पनि दशहरामा टीकाको रूपमा सिको गरेको छ ।’ पछिल्लो समय अधिकांश पर्वहरूमा समावेशी अभ्यास देखिएको छ । दशैंमा तराई मधेशमा पनि टीका लगाउने र यस क्षेत्रमा भक्तिभावपूर्वक मनाइने छठ पर्वमा पहाडी तथा मुश्लिम समुदायले समेत व्रत, पूजा–आराधना गरेका उदाहरण पर्याप्त पाइन्छन् । लोकमान्यताअनुसार दशहरा असत्यमाथि सत्यको जितको पर्व हो । दश दिनको युद्ध गरेर दशमीको दिन देवी दुर्गाले महिषासुरलाई हराएको पौराणिक कथामा आधारित यो पर्व तराई मधेशमा निकै निष्ठापूर्वक मनाउने गरिन्छ । गाउँघर शहरका टोलका देवी मन्दिरमा जौ हालेर पूजा गर्ने चलन छ । पर्व मनाउने परिपाटीमा परिवर्तन आएको पत्रकार त्रिपाठी पनि बताउँछन् । ‘कामका लागि भारत पश्चिम बंगालको कोलकातामा मानिसको आउजाउ बढेपछि दुर्गामण्डप बनाउने चलन भित्रिएको छ । दुर्गामण्डपमा अरू देवीदेवताको मूर्ति, महिषासुर वध आदि प्रदर्शन गरी पूजा गर्ने परिपाटी देखिएको छ,’ उनले भने । दशैंको सप्तमीदेखि दशमीसम्म विभिन्न स्थानमा मेला आयोजनाको प्रचलन पनि छ । अष्टमीमा वीरगञ्जमा मेला लाग्ने गरेको छ । कोरोनाकालमा स्थानीय प्रशासनले यसमा मापदण्ड तोकेर नियन्त्रणको उपाय पनि अपनाएको छ । अष्ठमी र नवमीका दिन बोका, राँगा, हाँस र कुखुराको बलि दिने चलन भए पनि नवरात्रिको पूजा शुद्ध भएर गर्नुपर्ने मान्यता छ । काम विशेषले घरबाट टाढा रहेकाहरू पनि दशहरामा घर फर्किने, परिवारजन र आफन्तसँग भेटघाटको अवसरको रूपमा पनि यो पर्वलाई लिइएको छ । दशहरामा फर्किएकाहरू एकैपटक तिहारपछि आउने छठ मनाएरै आआफ्नो पेशा व्यवसायमा फर्किने गरेका छन् ।