सुर्खेत : जाजरकोट सदरमुकाममा पौराणिक लोकनृत्यको प्रतियोगिता सुरु गरी गरिएको छ। जिल्लाभरीका ८ वटा पुराना तथा ऐतिहासिक नाच तथा गीतहरू प्रस्तुत गरिएको थियो।नलगाड , भेरी नगरपालिकाबाट उक्त नाच , गीतमा कलाकारहरूले सहभागिता रहेको थियो। भेरी नगरपालिकाबाट पैसेरी, सिगारु र नलगाडको हल्चौरबाट सिगारु नाच प्रस्तुत गरिएको थियो।उक्त प्रतियोगितामा स्थान ल्याउनेलाई प्रमाणपत्रका साथै नगर पुरस्कारसमेत दिने आयोजक जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गरेको थियो।