उदार विश्वव्यवस्थामाथिको संकट झन् धेरै गहिरिँदै छ । कोरोना महामारीसृजित विश्वव्यापी आर्थिक संकटले रुस–युक्रेन युद्ध छ महिना पुग्दा पनि नरोकिने संकेतले अझ विकराल रूप लिँदै छ । स्वतन्त्र विश्वका हिमायतीहरूले मुखले र वक्तव्यमार्फत युक्रेनका पक्षमा वकालत गरे पनि यो युद्ध युक्रेन एक्लै लड्दै छ । पूर्वसोभियत संघको भूगोल कब्जा गर्ने रुसी रणनीतिले गर्दा उदार विश्वव्यवस्था कुन धरातलमा पुगिसकेको रहेछ भन्ने छर्लंग भएको छ । उदार विश्वव्यवस्था र लोकतन्त्रको प्रत्यक्ष सम्बन्ध भएकाले पनि यो लेख त्यही सेरोफेरोमा केन्द्रित रहनेछ ।