दुर्गम क्षेत्रमा उडानका लागि तीनवटा साना जहाज खरिद गर्न नेपाल वायुसेवा निगमद्वारा जारी गरिएको बोलपत्रमा जहाज बिक्री प्रस्ताव गर्ने तीनवटै विदेशी कम्पनी प्राविधिक मूल्यांकनमा ‘अयोग्य’ ठहरिएका छन् । अर्थ मन्त्रालयको असहमतिबीचमै निगमले कात्तिकमा बोलपत्र आह्वान गरेको थियो ।