पर्वत : हिउँद भन्दा साथ खेतका गरामा धान भएको वा धान काटेर खेतका गरा खाली भएको, चाडपर्वहरूको रमाइलो, न त वर्षा हुने न त गर्मी हुने दृश्यको परिकल्पना सबैको मस्तिष्कमा आउँछ। अनि बर्खा भन्दा साथ आकाशबाट एक तमासले झरिरहेको वर्षा, प्लास्टिक वा स्याखू ओढ्दै बिहानमा मकै थन्क्याउँदै दिउसोमा खेतका गरामा हल गोरु नारिरहेका हली र बाउसे तिनैका पछिपछि हिँडिरहेका रोपारको याद आउँछ।खोलाहरू बढेर तर्नै नसकिने भएका, खेतबारीका कान्लामा बर्खामा मात्रै रसाउने बर्खे मूलबाट निस्किरहेको पानीको भेल, रोपेर सकिएका खेतक