तुलसीपुर उपमहानगरपालिका वडा नं. ७, कुमाल गाउँको आफ्नै परिचय छ । कुमाल गाउँ भनेपछि बुढा–पुरानाहरुले त्यही पुुरानै ग्वार खोलाको छेउ सम्झन्छन् । तर अहिले त्यो ग्वार खोलाको पश्चिम छेउमा न कुमालगाउँ छ, न कुमाल नै भेटिन्छन् ।तर अझै पनि ग्वार खोलाको पश्चिमी तिरलाई कुमाल गाउँ नै भन्ने गरिन्छ । खोला छेउको ऐलानी जग्गामा बसेको त्यो गाउँको अस्तित्व अहिले लोप भइसकेको छ ।नेताले त्यहाँ कुमालहरु बसोबास गर्दै आएको ऐलानी जग्गा हडप्दा गाउँकै उठिबास लाग्यो । ६७ वर्षीय लुटन कुमाल भन्छन्, ‘हाम्रो घरबास, ख