२५ माघ, काठमाडौं । कोशी र मधेश प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा नवीकरण गर्ने सवारी साधनमा १ फागुनदेखि इम्बोस्ड नम्बर प्लेट लागु गरिएको जानकारी दिएको छ । अन्य प्रदेश कार्यालयमा भने यसअघि नै यो व्यवस्था लागु भइसकेको छ […]
काठमाण्डाै - सरकारले तयारी विना गाडीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न खोजेको भन्दै आलोचना भएको छ।
यातायात व्यवस्था विभागले आउँदो साउन १ गते अघि नै वाग्मती र गण्डकी प्रदेशका गाडीमा इम्बोस्ड नम्बर प्लेट लगाइसक्नुपर्ने र नलगाए कारबाही गर्ने सूचना निकालेपछि आलोचना भएको हो।
इम्बोस्ड नम्बर अनिवार्य गर्नुअघि विभिन्न नाकामा नम्बर प्लेट रिड गर्ने रेडियो फ्रिक्वेन्सी इन्फर्मेसन डिभाइस अर्थात आरएफआईडी जडान गर्नुपर्नेमा त्यसो हुन सकेको छैन ।
गाडीको बारेमा जानकारी दिने यस्तो पूर्वाधार काठमाण्डौको नागढुङ्गा, दक्षिणकाली, अरनिको राज...
काठमाडौं । इम्बोस्ड नम्बर प्लेटमा सवारी धनीको रुचि घटिरहेका बेला सरकारले आगामी साउन १ गतेसम्म बागमती र गण्डकी प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । सरकारी उर्दी उल्लङ्घन भए कारबाही गर्ने जनाउ दिंदै सरकारले बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सबै खालका सवारी साधनले अर्को महिनासम्ममा अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको हाे। […]
काठमाडौँ – बागमती र गण्डकी प्रदेशमा दर्ता कायम भएका सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिसक्नु भएको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै यी दुई प्रदेशमा दर्ता कायम रहेका मोटरसाइकलसहित सवारीसाधनमा १ साउनसम्म इम्बोस्ड नम्बर अनिवार्य नगरिए कारबाही हुने चेतावनी दिएको छ । सरकारले बागमती र गण्डकीका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट […]
२ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत २२ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी पाँचवटा प्रदेशमा मंसिर १ देखि नयाँ दर्ता हुने सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्यो । तर, प्रदेशहरुले यो निर्णय कार्यान्वयन हालकै अवस्थामा सम्भव नहुने जनाउ दिएका छन् । बुधबारदेखि यो निर्णय लागु हुनुपर्ने बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र […]
काठमाडौं : सरकारले सवारीसाधनमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्ने भनी चार वर्ष अघि ल्याएकाे योजना अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेकाे छैन।यातायात व्यवस्था विभागले २०७४ साल भदौ ५ गतेबाट औपचारिक रूपमा प्लेट जडान सुरु गरेको हो। त्यहीबेला सरकारी सवारीसाधनमा अनिवार्य गर्ने र निजीलाई ऐच्छिक भनिएको थियो। तर हालसम्म ती निर्णय कार्यन्वयन हुन सकेको छैन। सरकारले पटक पटक इम्बोस्ड नम्बर अनिवार्य गर्ने भनेपनि त्यो लागू हुन सकेन। फेरि विभागले यही मंसिरदेखि नयाँ दर्तामा अनिवार्य सवारीसाधनमा इम्बोस्ड नम्
सरकारले देशभरका सबै सवारीमा डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले देशभरका सबै सवारीमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने तयारी गरेको हो । सरकारले सुरु चरणमा सरकारी सवारीसाधनमा त्यस्तो नम्बर प्लेट राख्ने कार्य गरिरहेको छ । अब भने सबै किसिमको सवारीमा राखिने खबर राजधानी दैनिकमा छापिएको छ ।
काठमाडौं : साउन १ गतेबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिने भएको छ। आर्थिक वर्ष २०७८/७९ को सुरुबाटै अनिवार्य भनिए पनि यातायात व्यवस्था विभागले अनिवार्य नहुने तर, जडान कार्यक्रम भने निरन्तर हुने जनाएको छ। विभागका प्राविधिक शाखाका निर्देशक रामचन्द्र पौडेलले इम्बोस्ड नम्बर अनिवार्य नहुने बताए। ‘साउनबाट सबै सवारीसाधनमा इम्बोस्ड नम्बरमा अनिवार्य हुँदैन, यो जडान कार्य २०७४ सालबाट नै जडान हुँदै आएको हो, निरन्तर जडान हुँदै जान्छ, हामीले अनौपचारिक सूचना मात्रै दिएका हौँ,&rsq