२५ माघ, काठमाडौं । कोशी र मधेश प्रदेशमा पनि अब इम्बोस्ड नम्बर अनिवार्य गरिएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्ता हुने तथा नवीकरण गर्ने सवारी साधनमा १ फागुनदेखि इम्बोस्ड नम्बर प्लेट लागु गरिएको जानकारी दिएको छ । अन्य प्रदेश कार्यालयमा भने यसअघि नै यो व्यवस्था लागु भइसकेको छ […]