रोहितले बिहे गरेपछि उनको पहिलो कर्तव्य आफ्नी पत्नीका मनमा लागेको कुहिरो हटाउनु थियो । तर उनले त्यो मौका कहिले पनि पाएनन् । बिहे गरेपछिका वर्षहरूमा कैदी जीवन भोग्नुपर्दा रोहितले जेलबाट स्पष्टीकरण खामेर आफ्नी पत्नीलाई चिठी लेखेका थिए—प्रिय शोभा !तिमीले बरोबर मसँग एउटा व्यक्तिगत प्रश्न सोध्ने गरेकी थियौ । तर मेरो फुर्सतै नभएर वा समयको चाँजोपाँजो नमिलेर तिमीलाई भन्ने मौका पाएको थिइनँ । बिहान ७—८ बजे म उठ्दा तिमी घरको काममा नै व्यस्त हुने गर्थ्यौ । चिया खाने बेलामा मानिसहरू भेटघाट गर्न आइ