काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्छाैँ भनेर चिठी नलेखेको बताउनुभएको छ ।हिजो बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्छाैँ भनेर प्रचण्ड र आफूले चिठी लेखेको बताउनुभएको थियो । त्यही भनाइकाे खण्डन गर्दै अध्यक्ष प्रचण्डले पारित गर्छाैँ भनेर चिठी नलेखेको स्पष्टीकरण दिनुभएको हो ।आफ्नै निवासमा आएको देउसी/भैलो टोलीलाई सम्बोधन गर्दै उहाँले एमसीसीका लागि राष्ट्रिय सहमति नबना...