चिसोले कठ्याँग्रीएका झापा र बाँकेका स्थानीयलाई नेपाल ग्रामिण पुनर्निर्माण संस्था आरआरएनले न्यानो कपडा प्रदान गरेको छ। झापाको कमल गाउँपालिका र बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का पीडित परिवारलाई सो संस्थाले बिहीबार जाडोको न्यानो कपडा वितरण गरेको हो। झापाको कमल गाउँपालिकाका सात वटै वडाका २ सय ५५ घरका मुलिलाई प्रतिपरिवार २ थान कम्वल र…