काठमाडौँ– रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान)ले कोरोना महामारीका कारण बन्द अवस्थामा रहेका रेष्टुरेन्ट एण्ड बार व्यवसायलाई पूर्ण रुपमा सञ्चालन गर्न दिन सरकारसँग माग गरेको छ। सोमबार एक कार्यक्रम गरी रेबानले अन्य व्यवसाय सञ्चालन भइरहेको भन्दै रेष्टुरेन्ट पनि खोल्न दिनुपर्ने माग गरेको हो। रेबानका अध्यक्ष अरनीको राजभण्डारीले अब रेष्टुरेन्ट व्यवसाय पनि सञ्चालनमा ल्याउने जानकारी दिए। […]