काठमाण्डाै – काठमाण्डौ उपत्यकामा भोलि बिहीवारदेखि चलचित्र हल, दोहोरी साँझ (घर), डान्स बार लगायतका व्यवसाय पनि खुल्ने भएका छन् । काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले चलचित्र हल, दोहोरी घर, रेस्टुरेन्ट लगायतका व्यवसाय खोल्न दिने निर्णय गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ मा उल्लेख भएका मापदण्डहरू पालना गरेर व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको प्रजिअ पराजुलीले बताउनुभयो । मापदण्ड पालना भए/नभएको बार...