मानिसको मृत्यु भएपछि अङ्गदान गर्नुपर्ने कुरामा जनचेतना फैलाउन आवश्यक रहेको बताइएको छ । किनभने एकजना मृतकको अङ्गबाट आठजनालाई मृत्युवरणबाट बचाउन सकिन्छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्वास्थ्य पत्रकार मञ्चले आइतबार आयोजना गरेको कार्यक्रममा अङ्गदान गर्नेबारे सचेतना फैलाउन सके धेरै मानिसलाई मृत्युवरणबाट जोगाउने सकिने बताइएको हो । केन्द्रका निर्देशक डा पुकार श्रेष्ठले एक जना …