जनकपुरधाम । प्रदेश २ को नाम र स्थायी राजधानी तय गर्न समिति गठन भएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख सरोज यादवको सभापतित्वमा १६ सदस्यी समिति गठन गरिएको हो।
सभामुख यादवले प्रदेशसभा कार्यसञ्चालन पहिलो संसोधन नियमावली २०७५ को नियम ७३ (क)को उपनियम ९ र ७३ (ख) को उपनियम ९ बमोजिम प्रदेशको नाम र राजधानीको प्रस्ताव अध्ययन गर्न दलिय सहमतिको आधारमा समिति गठन गरेका हुन्।