पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४८७ नमूना परीक्षणमध्ये २३२ पीसीआर र २७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार थप ३३७ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ६ हजार २३७ पुगेको छ ।
हाल मुलुकभर ५ हजार ९९७ सक्रिय संक्रमित छन् ।