पछिल्लो २४ घण्टामा ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७५६ नमूना परीक्षणमध्ये ५४८ पीसीआर र १८५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार थप १६०० जना संक्रमणमुक्त भएका छन् ।
हाल मुलुकभर १८ हजार २५१ सक्रिय संक्रमित छन् ।