राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले २०७२ को भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विस्थापित परिवारको पुनःस्थापनासम्बन्धी कार्यलाई सफलतापूर्वक सम्पन्नताको चरणमा पु¥याएकोमा प्राधिकरणको नेतृत्व तथा सम्पूर्ण प्राधिकरण परिवारलाई धन्यवाद दिएको छ ।प्रधानमन्त्री एवं प्राधिकरण निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको निर्देशक समितिको २१औं बैठकले पुनर्निर्माण तथा पुनःस्थापनामा प्रत्यक्ष एवं परोक्ष रूपमा सहयोग पु¥याउने अन्तर्राष्ट्रिय समुदाय, […]