स्याङ्जा – गाउँमा नै स्वास्थ्य केन्द्रको भवन बनेपछि सहज स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास लिएका वालिङ नगरपालिका १० का बासिन्दा अहिले भने चिन्तित बनेका छन् । सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण भएको दुई वर्षमै जीर्ण हुँदा यहाँका बासिन्दा चिन्तित बनेका हुन् ।
स्वास्थ्य केन्द्रको भवन नगरपालिकालाई हस्तान्तरण नहुँदै जीर्ण बन्दै गएको हो । स्थानीय युवा नारायणप्रसाद पंगेनीले भन्नुभयो, ‘राज्यको सम्पत्ति बालुवामा पानी हालेको जस्तै भएको छ तर कसैलाई चासो छैन ।’ दुई वर्ष अगाडि निर्माण भएको भवन यस्तो अवस्थामा रहनु निकै दुः...