२९ करोड लगानीमा २९७ कृषिजन्य उद्योग दर्ता

जुम्ला-कोरोना कहरका बीच पनि जुम्लामा उद्योग दर्तामा उल्लेखनीय वृद्धि भएको छ । विगतको तुलनामा गएको चैतदेखि मंसिर अन्तिमसम्मको तथ्यांकअनुसार ९ महिनामा मात्रै करिब साढे तीन सय बढी उद्योग दर्ता भएका छन् ।उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाका अनुसार ०७६ चैत देखि ०७७ मंसिर अन्तिम सम्म जुम्लामा ३ सय १५ उद्योग दर्ता भएका छन् । […]

सम्बन्धित सामग्री

सर्लाहीमा दुई हजार नयाँ उद्योग

काठमाडौँ,२७ साउन । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८र७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन् । ती मध्ये एक हजार पाँच सय ४१ कृषिजन्य उद्योग दर्ता भएका छन् । आव २०७८र७९ मा सेवामूलक चार सय १५, उत्पादनमूलक दुई सय ३१ र कृषिजन्य एक हजार पाँच सय ४१ […]

सिरहामा एक हजार आठ सय ६५ नयाँ उद्योग दर्ता

बैंक तथा वित्तीय संस्थाहरूले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको छ । ती संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र ‘लोडसेडिङ’ले समेत खासै असर नपर्ने भएपछि जिल्लामा त्यस्ता उद्योग दर्ता गराउने क्रम बढेको हो । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार आठ सय ६५ नयाँ उद्योग […]

सिरहामा एक हजार आठ सय ६५ नयाँ उद्योग दर्ता

काठमाडौँ,१९ साउन । बैंक तथा वित्तीय संस्थाहरूले कृषिजन्य उद्योगमा ऋण लगानी गर्न थालेपछि सिरहामा कृषिजन्य उद्योग दर्ता गराउने क्रम बढेको छ । ती संस्थाले कृषिजन्य उद्योगमा सजिलै ऋण लगानी गर्न थालेको र ‘लोडसेडिङ’ले समेत खासै असर नपर्ने भएपछि जिल्लामा त्यस्ता उद्योग दर्ता गराउने क्रम बढेको हो । आर्थिक वर्ष २०७८÷७९ मा एक हजार आठ सय […]

चितवनमा एक हजार ७०० कृषि उद्योग दर्ता

साउन १२, चितवन । गत आर्थिक वर्षमा जिल्लामा एक हजार ७०२ कृषिजन्य उद्योग दर्ता भएका छन् ।  घरेलु तथा साना उद्योग कार्यालयमा वर्ष भरमा दुई हजार ३९२ उद्योग दर्ता भएकोमा सबैभन्दा बढी कृषिजन्य उद्योग दर्ता भएका हुन् । कार्यालयका लेखा अधिकृत नारायण लम्सालले कृषिक्षेत्रमा सरकार र वित्तीय संस्थाको समेत प्राथमिकताको क्षेत्र परेकाले कृषिजन्य उद्योगको संख्या अन्य क्षेत्रको भन्दा बढी भएको जानकारी दिए । पछिल्ला वर्षमा त्यस्ता उद्योग दर्ता हुने क्रम बढ्दो रहेको उनको भनाइ छ ।  त्यस्ता उद्योगमा अनुदान र सहुलियत ऋण उपलब्ध हुनाले उद्योग दर्ता हुने क्रम बढेको हो । अन्य व्यवसायभन्दा कृषिजन्य व्यवसाय जोखिम कम हुने र सजिलै गर्न सकिने हुँदा विदेशबाट फर्किएर पनि उद्योग सञ्चालन गर्ने गरेको पाइन्छ । निषेधाज्ञाका कारण विदेश जान रोकिएकाहरुले पनि उद्योग दर्ता गरेका छन् । उद्योग संघ चितवनका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषिका ऋणमा अनुदान र व्यवसायमा पनि सहुलियत पाइने हुँदा धेरैको ध्यान कृषि उद्योगमा गएको हो । उनले भने, ‘कृषि नै गर्दा त राम्रो हो तर कृषिको नाममा अनुदान लिएर अन्य काम गर्ने धेरै छन् ।’ यस जिल्ला कृषिका लागि राम्रो भएको जनाउँदै अनुदानलाई कृषिमा नै प्रयोग गर्न कँडेलले सुझाव दिए । कुखुरापालन, पशुपालन, तरकारी खेती जस्ता काम गर्नका लागि कृषिजन्य उद्योग दर्ता हुने गरेका छन् । कुखुरापालनमा चितवन देशकै अग्रणी जिल्ला हो । दूध उत्पादनमा स्थानीय तहमा भरतपुर महानगर पहिलो हो ।  त्यसैगरी तरकारी, केरा, मौरीपालन लगायतमा जिल्ला अग्रणी मानिन्छ । जिल्लामा सबैभन्दा कम एउटा मात्र उद्योग ऊर्जामूलक उद्योग दर्ता भएको छ । यसैगरी सेवामूलक  २९०, उत्पादनमूलक २४५, पर्यटनमूलक १५८ उद्योग दर्ता छन् ।  गत आर्थिक वर्षमा जिल्लामा खनिजजन्य, निर्माणमूलक र विज्ञान तथा सूचना प्रविधिजन्य  शीर्षकमा भने  उद्योग दर्ता भएका छैनन् । गत आर्थिक वर्षमा दर्ता भएका उद्योगको स्थिर पूँजी रू. दुई अर्ब ९६ करोड ९६ लाख ३२ हजार, चालू पूँजी रू. दुई अर्ब ६६ करोड २३ लाख ९३ हजार र कुल पूँजी रू. पाँच अर्ब ६३ करोड २० लाख २५ हजार कार्यालयले जानकारी दिएको छ । ती उद्योगको वार्षिक उत्पादन क्षमता रू. १६ अर्ब १३ करोड ३६ लाख बराबर छ । रासस