नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पूर्पक्षका लागि तनहुँ कारागारमा रहनु भएका कलाकार पल शाहसँग मङ्गलबारबाट नवलपुर जिल्ला अदालत कावासोतीले थुनछेक बहस सुरु गरेको छ । कलाकार पल शाहलाई बहसका लागि मङ्गलबार नवलपुर लगिएको थियो । कावासोतीस्थित नवलपुर जिल्ला अदालतले थुनछेक बहसका लागि पत्र आएकाले मङ्गलबार नवलपरासी पठाइएको तनहुँ कागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।