काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि छानबिन गर्न गठित महाभियोग सिफारसि समितिले राणालाई महाभियोग लगाउनुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको छ । महाभियोग लगाउन नौ बुँदे आधार र कारण उल्लेख गर्दै समितिले शनिबार साँझ सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो । तर, प्रतिवेदनप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भने असहमति रहेको छ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा […]