काठमाण्डौ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा १० वर्षसम्म तत्कालीन नेकपा माओवादीले विद्रोह र युद्ध गर्याे । नेत्रविक्रम चन्द विप्लव त्यसकै सह–उत्पादन अर्थात् ‘बाईप्रडक्ट’ हुन् । प्रचण्ड–बाबुरामहरूले धोका दिएकाले पुरानै जनयुद्धलाई निरन्तरता दिन्छु भनेर विप्लव निस्केर हिँडेका हुन् । पुरानै बाटो फर्किएर जनयुद्धले बोकेका लक्ष्य हासिल गर्छु भन्ने दाबीसहित त्यतातिर फर्किएका थिए । पाँच/सात वर्षको समयमा उनले जे अनुभव गरे, त्यो बाटो सम्भव छैन भन्ने उनलाई लाग्यो । भूमिगत राजनीतिको बाटो अब सम्भव ...