काठमाडौँ, २४ फागुन । गोकर्णेश्वर नगरपालिका–४ स्थित जगडोल सामुदायिक वनमा निर्माणाधीन राष्ट्रिय सहिद स्मारकमा काम रोकिएको १० वर्षपछि फेरि सुरु भएको छ । सरकारको २०६४ जेठ ११ गतेको निर्णयअनुसार तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत् २०६८ सालदेखि निर्माण थालिएकामा काम सुरु भएको दुई वर्षपछि रोकिएको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार स्मारक निर्माण पुनः अगाडि बढाइएको सहरी विकास […]