भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासको लगत सङ्कलन सुरु

काठमाडौँ,२४ जेठ । गोरखाका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम सुरु भएको छ । यसअघि लगत सङ्कलनमा छुटेकाका लागि जिल्लाको बारपाक सुलिकोट गाउँपालिका र सहिद लखन गाउँपालिकाले पुनःलगत सङ्कलनका लागि निवदेन लिने कार्यको थालनी गरेको आयोगका जिल्ला अध्यक्ष कमला नहर्कीले जानकारी दिइन् । “स्थानीय तहको निर्वाचनका कारण गएको वैशाख […]

सम्बन्धित सामग्री

कास्कीमा १७ हजार बढी भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा

कास्की- कास्कीमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी १७ हजार बढीलाई निस्सा वितरण गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नका लागि सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगको कास्की जिल्ला समितिले दुई वर्षको अवधिमा लगत सङ्कलन गरी उनीहरूलाई निस्सा प्रदान ग...

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम स्थगित

काठमाण्डाै – राष्ट्रिय भूमि आयोगले लगत सङ्कलनको काम स्थगित गरेको छ । पालिका तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन हुँदै आएकोमा तत्कालका लागि स्थगित भएको आयोगले जनाएको छ ।  पालिका तहको चुनावसम्बन्धी आचारसंहिता लागू भएको, कर्मचारी चुनावमा खटिनुपर्ने र जनप्रतिनिधिले पनि चुनावी प्रक्रियामा भाग लिन राजीनामा दिनुपर्ने भएकाले पालिकाबाट भइरहेको लगत सङ्कलनको काम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको आयोगले जनाएको छ ।

भूमिहीन सुकुम्वासीको लगत संकलनका लागि मन्त्रालयले स्थानीय तहसँग सहमति गर्ने

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको लगत सङ्कलन गर्न स्थानीय तहसँग पहिलो चरणमा सहमति गर्ने भएको छ । शुक्रबार राष्ट्रिय भूमि आयोगले एक सूचना जारी गर्दै आगामी पुस २४ गते शनिबार काठमाडौँमा एक कार्यक्रमकाबीच स्थानीय तहसँग सहमति गर्न लागेको जानकारी दिएको हो ।राष्ट्रिय भूमि आयोगको गत पुस २० गते बसेको बैठकको निर्णय अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन सम्बन्धी कार्यविधि, २०७८ को दफा ३ बमोजिम स्थानीय

लगत सङ्कलन एकाइ कार्यालय स्थापना

रुपन्देहीको सैनामैनामा भूमिसम्बन्धी समस्या समाधान आयोग लगत सङ्कलन एकाइ कार्यालय आजदेखि स्थापना भएको छ । भूमिहीन लक्ष्मी दमाइँको लगत फाराम गणकमार्फत नगरप्रमुख चित्रबहादुर कार्कीले बुझेर सैनामैना नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने कार्य शुरु भयो ।          सो अवसरमा नगरप्रमुख कार्कीले भूमिहीन दलित वा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास भएकालाई जग्गा उपलब्ध गराउनेकार्य स्पष्ट कानूनसहित अघि बढेको जानकारी दिँदै लगत सङ्कलनमा लाग्न गणकलाई आग्रह गर्नुभयो । “जग्गाधनी पूर्जा उपलब्ध गराउने नियम र कानूनअनुसार यो कार्य अघि बढेको छ”, नगरप्रमुख कार्कीले भन्नुभयो । माघ महिनाभरि अव्यवस्थित बसोबासको लगत सङ्कलन गर्ने र भूमिहीन दलित वा भूमिहीन सुकुम्वासीलाई आवासका लागि एक कठ्ठा र कृषिलाई ६ कठ्ठासम्म जग्गा उपलब्ध गराउने कानूनी व्यवस्था भएबमोजिम प्रक्रिया पु¥याएर वितरण गरिने उहाँले बताउनुभयो ।          “भोगचलान गरेका भनी आफूसँग भएको प्रमाणसहित लगत सङ्कलन गरी पाँउ भनेर एउटा निवेदन दिनुहोस्”, नगरप्रमुख कार्कीले भन्नुभयो । “जग्गा नापजाँचको काम हुन कानूनी प्रक्रियापछि जग्गा उपलब्ध गराउन लेखापढी गर्न पठाउने छांै, त्यसपछि पूर्जा वितरण हुनेछ”, उहाँले जानकारी दिनुभयो ।