डेढ दशकदेखि निर्माणाधीन रोल्पा–रुकुमको मेरुदण्ड मानिएको सहिद मार्गको निर्माण अघि बढ्ने भएको छ । सहिद मार्ग आयोजना कार्यालयले सडक क्षेत्रमै कार्यालय स्थापना गरेर निर्माणमा तीव्रता दिने गरी काम सुरु गरेको हो । यसअघि लिबाङमै कार्यालय हुँदा निर्माणले गति लिन सकेको थिएन । अहिले होलेरी–नुवागाउँ सडक खण्डको दहवनमा कार्यालय सारिएको छ ।