ओलीको दाबी : वैशाखमा चुनाव हुन्छ, कसैको भ्रमको पछि नलाग्नुहोस्

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा प्रतिनिधि सभाको निर्वाचन हुने दाबी गरेका छन्। बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना भएको नेकपा ओली निकट विद्यार्थी संगठनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। 'वैशाखमा प्रतिनिधि सभाको नयाँ निर्वाचन हुन्छ। कतिपयले भ्रम फैलाउन खोजिरहेका छन् चुनाव हुँदैन भनेर, तपाईंहरु भ्रमको पछि नलाग्नुहोस्', उनले भने, 'चुनाव वैशाख १७ र २७ गते हुन्छ।' वैशाखको चुनाव कसैले टार्न नसक्ने उनले दाबी गरे। 'सर्वोच्च अदालतमा

सम्बन्धित सामग्री

कांग्रेस सरकारमा गए धर्मकाे विषयमा जनमत सङ्ग्रह गराउँछ : शशाङ्क काेइराला

दाङ – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले अहिलेको परिस्थितिमा आउँदाे वैशाखमा चुनाव हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले मङ्गलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले वैशाखमा चुनाव हुनै नसक्ने दाबी गर्नुभयो । अब वैशाखमा चुनाव हुन नसक्ने हुँदा पार्टीको प्राथमिकता महाधिवेशनमा हुनुपर्ने कोइरालाको भनाइ छ । पार्टीलाई एकताबद्धसँगै आउँदाे चुनावमा देशको प्रमुख पार्टी बनाउनका लागि जतिसक्यो चाँडै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको नेता काेइरालाले बताउनुभयो । ...

निर्वाचन आयोगमाथि कांग्रेस सभापति देउवाको शंका

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन कार्यक्रम अगाडि नबढाएको भन्दै निर्वाचन आयोगको आलोचना गरेका छन् । सरकारले वैशाखमै चुनाव हुने दाबी गर्दै आए पनि निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कार्यक्रम अगाडि नबढाउनुले आयोगप्रति शंका गर्नुपर्ने अवस्था आएको देउवाको भनाइ छ । प्रतिनिधिसभा विघटनको विरोधमा सोमवार रुपन्देहीको भैरहवामा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले निर्वाचन आयोग चुनाव गराउन तयार छ कि छैन भनी प्रश्न गरे । ‘ओलीले वैशाखमा चुनाव गराउँछु भनेका छन् । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमा...

ओलीले चुनाव हुन्छ भनेर भ्रम छर्दैछन् : माधव नेपाल

नेकपा (दाहाल–नेपाल समूह) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुन्छ भन्ने भ्रम फैलाइरहेको बताएका छन् । उनले प्रतिनिधिसभा विघटन गर्ने अधिकार नै नभएका प्रधानमन्त्रीले प्रतिगमनकारी कदम चालेर अहिले वैशाखमा चुनाव हुन्छ भनेर भ्रम फैलाइरहेको दाबी गरे ।

भ्रममा नपर्नुस्, वैशाखमा चुनाव हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले वैशाखमा तोकिएकै समयमा चुनाव हुने दाबी गरेका छन् ।  बबरमहलमा ओली समूह निकट

संकटकाल लगाएरै भए पनि सत्तामा बसिरहने ओलीको दाउ छ : नेता पुन

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव नगराउने र सत्ताबाट पनि हट्ने दाबी गर्नुभएको छ । रोल्पामा भएको कार्यक्रममा नेता पुनले अबको चार महिनामा चुनाव नहुने र ओली पनि सत्तामा नरहने दाबी गर्नुभएको हो । आफ्नै नेतृत्व...

वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन

रोल्पा / नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त)ले वैशाखमा चुनाव पनि नहुने र केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने दाबी गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान... The post वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन appeared first on Purbeli News.

वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन

१५ पुस, रोल्पा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको समय आउँदो वैशाखमा चुनाव नहुने बताएका छन् । उनले त्यतिबेलासम्म ओली सरकारको नेतृत्वमा पनि नहुने जिकिर गरेका छन् । गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार हुँदा पनि […]