कांग्रेस सरकारमा गए धर्मकाे विषयमा जनमत सङ्ग्रह गराउँछ : शशाङ्क काेइराला

दाङ – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले अहिलेको परिस्थितिमा आउँदाे वैशाखमा चुनाव हुन नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन दाङले मङ्गलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले वैशाखमा चुनाव हुनै नसक्ने दाबी गर्नुभयो । अब वैशाखमा चुनाव हुन नसक्ने हुँदा पार्टीको प्राथमिकता महाधिवेशनमा हुनुपर्ने कोइरालाको भनाइ छ । पार्टीलाई एकताबद्धसँगै आउँदाे चुनावमा देशको प्रमुख पार्टी बनाउनका लागि जतिसक्यो चाँडै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको नेता काेइरालाले बताउनुभयो । ...