काठमाडौं : तीन वर्षमा देशभरका दुई मुख्य निकुञ्जमा १ सय ७ गैंडाको मृत्यु भएको छ।चितवन राष्ट्रिय निकुञ्जमा ९३ र बर्दिया निकुञ्जमा १२ वटा गैंडाको मृत्यु भएको थियो। शुक्लाफाँट निकुञ्जमा स्थानान्तरण गरेर राखिएकोले उक्त निकुञ्जमा मृत्यु भएको छैन। हाल उक्त निकुञ्जमा १७ वटा गैंडा छन्।अधिकांश गैंडाको मृत्यु प्राकृतिक कारणले हुने गरेको छ। उमेर पुगेर, कालगतिले, भाले-भाले गैंडा जुधेर, बाघको आक्रमण, भाले गैंडाको आक्रमण पोथीको, जलथलमा परी र बाढीले बगाएर मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यज