बागमती प्रदेश कांग्रेस सभापतिमा बानियाँ विजयी

काठमाडौँ– नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन्। बानियाँले १०८५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी जगदिश नरसिंह केसीले ९२७ मत पाएका छन्। प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राति सभापतिका तीन उम्मेदवारमध्ये कसैको पनि बहुमत नआएपछि आज फेरि निर्वाचन भएको हो। […]

सम्बन्धित सामग्री

कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा लम्साल

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतकमा गोविन्द लम्साललाई नियुक्त गरिएको छ । लम्साललाई नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ बमोजिम बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको हो । यसअघि करिब दुई महिना कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा कुन्दनराज काफ्लेले जिम्मेवारी सम्हालेका थिए । सो समयमा प्रदेश सरकारको नेतृत्व …

कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुँदै

आज (आइतबार) कांग्रेसबाट दुईजना मन्त्रीले सपथ लिने टुङ्गो लागेको छ। बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी हुने भएको हो।...

बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्वाचनको मतगणना सुरु

कांग्रेसको बागमती प्रदेश संसदीय दलको निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघि हेटौंडामा सम्पन्न निर्वाचनको मतगणना सुरु भएको हो । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् ।निर्वाचन समितिका अनुसार बागमती प्रदेशसमामा कांग्रेसका ३७ सांसद रहेकोमा शत प्रतिशत अर्थात् ३७ जनाले नै मतदानमा भाग लिएका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मतदान सुरु

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ । केहीबेरअघि हेटौंडामा मतदान सुरु भएको हो ।  कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता बन्नका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् । संसदीय दलको नेता चयनका लागि प्रदेशका उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता छान्न चुनाव

हेटौंडा : नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता चयन गर्न निर्वाचन हुने भएको छ।मंगलबार काठमाडौँमा बसेको कांग्रेस बागमती प्रदेशको कार्य सम्पादन समितिको बैठकले संसदीय दलका नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीले बैठकले कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचनपछि मात्र प्रदेशको निर्वाचनको प्रक्रिया शुरु गर्ने र मिति तय गर्ने निर्णय गरेको जानकारी दिए।उनले बैठकले निर्वाचनबाट दलको नेता चयन गर्ने निर्णय गरेको बताउँदै रुवालीले निर्

कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ सदस्य मनोनित

नेपाली काग्रेस बागमती प्रदेश कार्यसमितिमामा १६ सदस्य मनोनित भएका छन् । सभापति इन्द्र बानियाँले पार्टीको विधानअनुसार सदस्य मनोनयन गरेका हुन्।  कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले सभापति बानियाँले पार्टी विधान अनुसार...

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा रन्जित र केसी निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा ध्यानगोविन्द रन्जित र राजन केसी निर्वाचित भएका छन् । रन्जित २४ सय १९ र केसी २१ सय २९ मत ल्याएर निर्वाचित भए ।  दुई...

कांग्रेस बागमती प्रदेश सभापतिमा पुन: मतदान हुने

कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा पुन: मतदान हुने कांग्रेस बागमती प्रदेश सभापति पदमा तीन जना उम्मेदवारमध्ये कुनै एकले ५१ प्रतिशत मत ल्याउन नसक्दा दोहाेर्‍याएर पुन: मतदान प्रक्रिया अघि...

कांग्रेस बागमती प्रदेश सभापतिमा भीमसेनदासको उम्मेदवारी घोषणा

काठमाडौं : नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।शनिबार काठमाडौंस्थित शान्तिवाटिकामा उम्मेदवारी घोषणा गर्दै नेता प्रधानले संविधानको मर्म र भावना अनुरूप संघीयताको संस्थागत विकास गराउनका लागि आफूले भूमिका खेल्ने बताए।संघीयता कार्यान्वयन निकै फितलो रहेको उल्लेख गर्दै उनले आफू बागमती प्रदेश सभापति भए संघीयताको संस्थागत विकासका लागि काम गराउन सक्ने दाबी गरे।उनले भने, ‘संघीय संरचनाअन्तर्गत संविधानमा तीन तहको

कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा बजेट समीक्षा

काठमाडौं, ५ असार । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले सरकारले प्रस्तुत गरेको बजेटको समीक्षा गरेको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले बागमती प्रदेश सरकार आफैले मिडिया सञ्चालन गर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका छन् । उनले सरकारले आफ्नै मिडिया खोल्ने विषयमा आपत्ति जनाउँदै यो राज्यले आफ्नो काम ढाकछोप गर्न […]