बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्वाचनको मतगणना सुरु

कांग्रेसको बागमती प्रदेश संसदीय दलको निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघि हेटौंडामा सम्पन्न निर्वाचनको मतगणना सुरु भएको हो । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य बहादुर सिंह लामाले उम्मेदवारी दिएका छन् ।निर्वाचन समितिका अनुसार बागमती प्रदेशसमामा कांग्रेसका ३७ सांसद रहेकोमा शत प्रतिशत अर्थात् ३७ जनाले नै मतदानमा भाग लिएका छन् ।