काठमाडौं : नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको सूचना सुनाइने भएको छ। केहीबेरपछि बस्ने संसद बैठकमा सभामुख देवराज घिमिरेले रायमाझीलाई निलम्बन गरेको सूचना पढेर सुनाउने कार्यसूची रहेको छ। सांसद रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा छन्।